लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

डिउटीमा रहँदा विमानस्थलका अध्यागमन कर्मचारीलाई मोबाइल फाेन चलाउन राेक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोवाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ ।

अध्यागमन सेवा प्रदान गर्ने क्रममा ‘डेस्क ड्युटी हावर’ को वेला ‘मोबाइल चलाउनमात्र नभइ साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न निर्देशन दिएको छ ।

विभागले सूचना नै जारी गरी ‘डेस्क ड्युटी हावर’ अवधिसम्म निजी मोवाइल नचलाउन निर्देशन दिएको हो । महानिर्देशक भट्टराईले भने–सर्वसाधारणको सेवा गर्दा कर्मचारीले मोवाइल बोकिराख्नु पर्ने अवस्था हुदैन ।

आवश्यक परेमा ‘ल्याण्डलाइन र अफिसियल’ फोन प्रयोग गर्न सकिने जारी सूचनामा उल्लेख छ । बरिष्ठ अध्यागमन अधिकृत तथा डेस्क अफिसर (डिअ) लाई ब्यक्तिगत मोवाइल प्रयोग भएनभएको नियमन तथा नियन्त्रणको जिम्मेवारी दिएको छ ।

अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेहरुको संख्या बढेको आरोप लाग्दै आएको छ । यसरी गएकाहरु अलपत्र पर्ने र दुख पाउन थालेपछि विभागले सो निर्णय गरेको बताइन्छ ।

विशेष गरी खाडी र युरोप लगायतका मुलुकहरुमा भिजिट भिसामा गएका नेपाली नागरिकले दुख पाउन थालेपछि यस समस्याको समाधान र उपायका सम्वन्धमा अध्ययन गर्न सरकारले समिति नै गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठित समितिले आवश्यक अध्ययनपछि बुझाउने प्रतिवेदनका आधारमा ‘भिजिट भिसा’ मा कस्तो ब्यक्तिलाई विदेश जान दिने र नदिने निक्र्यौल हुने अपेक्षा गरिएको छ । गोरखापत्र


प्रकाशित : २०७८ माघ १५, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •