लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

थामिनसक्नु भि’डपछि रत्नेचौरको तोरीबारी प्रवेशमा क’डाई !

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका-१,रत्नेचौरको तोरीबारीमा घुम्न जानेको अत्याधिक भीड देखिएपछि आइतबारदेखि प्रवेशमा कडाई गरिने भएको छ ।

महामारीका रुपमा फैलिएको को’रोना भाइरसको नयाँ भेरियन्टबाट संक्रमण हुने संक्रमितको संख्यामा क्रमशः वृद्धि हुँदै गएको अवस्थामा तोरीबारीमा थामिनसक्नु भि’ड देखिएपछि जिल्ला कोभिड ब्यवस्थापन समितिले आइतबारदेखि प्रवेशमा रोक लगाउने तयारी गरेको जनाएको छ ।

शनिबार सडक नै जाम हुने गरी तोरीबारीमा घुम्न गएपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भि’डभाड हुने नपाइने नियमको उ’ल्लंघन भएकाले तोरीबारी सहित भि’डभाड नियन्त्रणमा प्रहरीलाई परिचालन गरिने बताउनुभयो ।

रत्नेचौरमा धेरै भिड भयो भन्ने गुनासो छ,‘को’रोनाको नियम उल्लंघन गर्ने छुट कसैलाई छैन प्रजिअ रानाले भन्नुभयो । जिल्लाभित्र को’रोनाको जो’खिम धेरै रहेको अवस्थामा बाहिरी जिल्लाबाट घुम्न आउने र जिल्ला भित्रबाटै समुह बनाएर तोरीबारीमा जान थालेपछि जिल्ला प्रहरी कार्यालयमार्फत रत्नेचौर प्रहरी चौकीलाई समेत भि’ड नियन्त्रणमा थप सक्रिय हुन निर्देशन दिइएको छ ।

जिल्लाभित्रका शैक्षिक संस्थामा भौतिक उपस्थितीले को’रोना संक्रमणको जोखिम भन्दै माघ मसान्तसम्म बन्द गरेको अवस्थामा तोरीबारीमा अधिक भि’ड भएको भन्दै सामाजिक सञ्जालमा समते आलोचना भएपछि प्रहरीले समेत यूनिट नै ख’टाएर भिड नियन्त्रण गर्ने तयारी गरेको छ ।

प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार बेनी–बागलुङ सडकबाट नै तोरीबारीमा जान रोक लगाउने र तोरीबारीमा प्रवेश गर्न मिल्ने अन्य नाकामा समेत मोवाईल टोली ख’टाउने बताउनुभयो। ‘घुम्न पाइने भएपनि यो समय उपयुक्त होइन,‘सबैलाई केही समय घुम्न जाने कार्यक्रम स्थगित गर्न समेत अपिल गछौ’राईले भन्नुभयो ।

रत्नेचौर प्रहरीले तोरीबारी प्रवेश गर्ने नाकामै प्रवेशमा क’डाई गर्न जिल्लाबाट समेत टोली जाने बताइएको छ ।अहिले स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम, सामाजिक संजाल फेसबुक, टिकटक, युटुब लगाएतमा रत्नेचौरको फोटो, भिडियो भाइरल भईरहेको छ ।शनिबार एकाएक पर्यटकको संख्या अत्यधि बढेपछिको अवस्थामा प्रशासनले समेत क’डाई गर्न बा’ध्य भएको छ ।

तोरीबारीमा अन्य दिनको तुलनामा सार्वजनिक विदामा भिड हुने गरेको छ । यता म्याग्दीमा आज (शनिबार)सम्म जिल्लामा को’रोना सं’क्रमणबाट संक्रमित हुनेको संख्या कुल ३ सय ५२ जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शनिबार मात्रै ४२ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ४४ जनामा एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो । भि’डभाडबाट संक्रमणको जो’खिम धेरै भएकाले जिल्लामा सा’वधानी नअपनाए नियन्त्रण बाहिर जाने ख’तरा रहेको स्वास्थ्यका जानकारहरु बताउँछन् ।


प्रकाशित : २०७८ माघ १६, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप