लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

श्री एयरको आठौं जहाज : अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गर्ने !

काठमाडौं – निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ। श्रीले ८० सिट क्षमताको क्यू४००-८ जहाज थपेको हो। योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्।

श्री एयरलाइन्सले एक महिना अघिमात्रै एक जहाज भित्र्याएको थियो। कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो।

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौं विमानस्थलमा अवतरण गरेको जानकारी दिए। क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन्। उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौं आइपुगेको कम्पनीले जनाएको छ।

श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सिआरजे ७०० (७० सिटे) दुई थान जहाजमार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ।

थपिएका जहाजमार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिए। रासस


प्रकाशित : २०७८ माघ १६, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप