लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

विश्वमा शान्ति कायम गर्ने अभियानमा पत्रकारको साझा प्रतिवद्धता

विश्वमा शान्ति कायम गर्ने उद्देश्यसाथ स्थापित एचडब्लुपीएल संस्थामा आवद्ध पत्रकारले सञ्चार माध्यमको सहयोगमा विश्वमा शान्ति कायम गर्न सकिने र त्यसकालागि भूमिका खेल्ने सामुहिक प्रतिवद्धता जनाउनुभएको छ । सो संस्थाले शनिबार आफ्नो पब्लीसिटी एम्बासडर्स नियुक्त गर्ने अभियानका क्रममा पत्रकारले सो प्रतिवद्धता जनाउनुभएको हो । सो अवसरमा नेपालबाट दुई जना पत्रकार संस्थाको पब्लिसिटी एम्बासडर्स नियुक्त हुनुभएको छ ।

भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा एचडब्लुपीएलले एसियाका विभिन्न देशहरुबाट पब्लिसिटी एम्बासडर नियुक्त गरेको छ । सो अवसरमा नेपालकाबाट अर्थन्यूज टेलिभिजनमा कार्यरत पत्रकार रञ्जन झा, गोरखापत्र दैनिकमा कार्यरत पत्रकार लक्की चौधरी एचडब्लुपीएलको नयाँ पब्लिसिटी एम्बासडर नियुक्त हुनुभएको हो ।

पब्लिसिटी एम्बासडरहरुले विश्वमा शान्तिको सन्देश प्रवाह हुने सकरात्मक र सुखद समाचारहरु आफ्नो सञ्चार माध्यमबाट प्रकाशित र प्रसारित गर्ने प्रतिवद्धता जनाएका छन् । शान्तिका क्षेत्रमा राजनीतिक, शैक्षिक वा सामाजिक नीति निर्माण गर्न सम्बन्धित देशका सरकारलाई घच्घच्याउने काम पनि पब्लिसिटी एम्बासडरहरुले गर्ने सो संस्थाका पदाधिकारीहरुको विश्वास छ ।

एचडब्लुपीएलका विभाग प्रमुख एलिस किमले शान्ति स्थापनाको अभियान सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । एचडब्लुपीएलका केन्द्रीय अध्यक्ष मान ही लीको भावनाअनुरुप विश्वका ७० भन्दा बढी देशहरुमा पब्लिसिटी एम्बासडर क्रियाशील रहेको जानकारी दिनुभयो ।

साइनिङ सेरोमेनीमा धारणा राख्ने विभिन्न देशका वक्ताहरुले शान्तिका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । विश्वमा शान्ति भएमा मात्र सही विकास र नागरिकको अधिकार सुनिश्चित हुने विश्वास गर्नुभयो । पत्रकारको सामुहिक प्रयासले शान्तिबारे सर्वसाधारणमा चेतना अभिबृद्धि हुने र शान्ति कायम गर्न सकिने विश्वास धेरैको छ ।

नेपालसहित विश्वका १३० बढी देशहरुमा क्रियाशील एचडब्लुपीएलले विद्यालय तहबाटै शान्ति शिक्षाको पठनपाठनका लागि विभिन्न देशका सरकारसँग समन्वय, सहकार्यका लागि सहमति सम्झौता समेत गर्दैआएको छ । सो संस्थाले मिडिया सँगसँगै युवासहित अन्य क्षेत्रमा पनि शान्तिको सन्देश फैलाउन सक्रिय रहँदैआएको छ ।

कार्यक्रममा नव नियुक्त पब्लिसिटी एम्बासडरहरुले संस्थाको नियम र योजनाअनुसार विश्वभर शान्ति फैलाउन भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । आफू आवद्ध सञ्चार माध्यममार्फत सक्रिय रहने बताउनुभयो । कार्यक्रममा नेपालका पब्लिसिटी एम्बासडर एवम् पत्रकार दीपेन्द्र दोङ तामाङ र पियारत्न महर्जन लगायतले स्वागत सन्देश व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अन्य पत्रकारमा हेन्ड्री नुर्सल, राना सेतिवन, स्टिभ पालिमा, सोनी टाजृुरे, गिना मापे, मेरी बाल्गौरसहितका पत्रकार पब्विसिटी एम्बासडर नियुक्त हुनुभएको थियो ।


प्रकाशित : २०७८ माघ १६, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप