लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

चिन्ताजनक छैन, आत्तिनु पर्दैन ओमिक्रोनको नयाँ भर्जन ‘बीए.२’

विश्वभर व्याप्त अधिक संक्रमित मानिएको कोरोना भाइरसको ओमिक्रोन भेरियेन्टको नयाँ भर्जन यतिबेला वैज्ञानिकहरुको केन्द्रमा आएको छ । तर विज्ञहरुले ‘बीए.२’ नामक ओमिक्रोनको नयाँ भर्जन चिन्ताजनक नभएको बताएका छन् । त्यसैले यसलाई लिएर आत्तिनु नपर्ने उनीहरुले बताए ।

यो नयाँ भर्जन नोभेम्बरको बीचतिर नै पत्ता लागेको थियो र अहिलेसम्म४९ मुलुकमा फैलिसकेको छ ।

ओमिक्रोनका भर्जनहरु मध्ये यसले नै अहिले एकदम बढी नयाँ संक्रमितहरु पैदा गरिरहेको छ । बीए.२ को जिनमा पनि अधिक परिवर्तनहरु देखा परेका छन् जुन स्पाइक प्रोटिनमा केन्द्रित छ । र हामीले हाल प्रयोगमा ल्याइरहेको खोपले भाइरसको त्यही भागलाई हमला गर्दछ ।

 

तर ओमिक्रोन भन्दा फरक यो ल्याब परीक्षणमा सजिलै देखा पर्दैन । यसकारण पनि यो भेरियेन्टलाई चतुर भनिएको छ । तर यही नाम दिइँदा यसले मानिसहरुमा अनावश्यक द्विविधा उत्पन्न गराएको नर्थवेस्र्टन युनिभर्सिटी सिकागोका प्रोफेसर रेमन लोरेन्जोले बताए ।

उनी भन्छन्, “यसले एकदमै गलत सन्देश दिइरहेको छ । किनकी वास्तवमा एफडीएले स्वीकृति गरेको ल्याबमा आधारित परीक्षण र साथै घरमै परीक्षण गर्दा पनि यो भर्जन सहित ओमिक्रोनका सबै भर्जन देखिनु पर्छ । ”

त्यस्तै बीए.२ ले ओमिक्रोन भन्दा गम्भीर बिरामी बनाउने या सजिलै छिटै सर्ने संकेत पनि देखाएको छैन ।

बिहिबार बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले सार्वजानिक गरेको रिपोर्टले थप सुनिश्चित गराउँदै हालका सबै खोपहरुले बीए.२ विरुद्ध काम गर्ने बताएको छ । सुरुवाती ओमिक्रोन भेरियेन्ट जस्तैगरी यसले पनि कोभिडका सबै लक्षण विरुद्ध राम्रो सुरक्षा दिलाउन सक्ने जस्तै औसतमा बुस्टर खोप लगाएको दुई हप्तापछि ७० प्रतिशत सुरक्षा दिलाउन सक्छ ।

डेनमार्कमा हाल सक्रिय आधा भन्दा बढी बिरामीमा यही बीए.२ भर्जनको भेरियेन्ट छ । त्यस्तै बिहीबार भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सुजित कुमार सिंहले बीए.२ स्ट्रेन नै हाल भारतभर व्याप्त रहेको बताए । यता बेलायत र दक्षिण अफ्रिकामा पनि देखा परिसकेको छ ।

वैज्ञानिकहरुले ओमिक्रोनको नयाँ भर्जन आउनु कुनै आश्चर्यको कुरा नभएको बताएका छन् । उनीहरुले यसलाई देशका आधा जनसङ्ख्या भन्दा बढीले खोप नलगाउँदाको नतिजा भएको बताइरहेका छन् । जबसम्म सबैले समान रुपमा खोप पाउँदैनन् तबसम्म कोरोनाका नयाँ भेरियेन्ट उत्पन्न भइरहने विज्ञहरुले यसअघि पनि धेरैपटक चेतावनी दिइसकेका छन् । यसकारण नै विश्व स्वास्थ्य संगठनले पनि खोप समानता सुनिश्चित गर्नु अत्यन्तै जरुरी रहेको बताउँदै आएको छ ।  सीएनएन


प्रकाशित : २०७८ माघ १७, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •