लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रचण्डसामु एमसीसी ‘राजनीतिक एम्बुस’ बन्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्बन्धी एमसीसी सम्झौता पारित गर्नुलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनले माघभित्र एमसीसी पारित गर्ने योजना साथ कदम चाल्न सुरु गरिसकेका छन् ।

एमसीसी पारित गर्नुपर्ने प्रस्ताव देउवाले गठबन्धनका घटक दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग राखिसकेका छन् । उनले समयसीमा नै तोकेर एमसीसीबारे निर्णय लिनुपर्ने भनेपछि गठबन्धनमा कम्पनै आएको छ ।

एमसीसीबारे सहमतिको प्रयास गर्न सभामुख अग्निप्रसाद सापकोटाले १० दिन संसद बैठक स्थगित गरेका छन् । एमसीसी प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरिछाड्ने अडान कसेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार एमसीसी अगाडि बढाउन तयार नभए गठबन्धन टुट्ने देखि सभामुख अग्नि सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव सम्म दर्ताको तयारी भएको छ । त्यसका लागि काँग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धनको सम्भावना बढेको छ ।

सम्भावित गठबन्धन टुट्ने विषयलाई जसपा नेता डा. बाबुराम भट्टराईले औल्याइसकेका छन् । उनले एमसीसी पारित गरेर गठबन्धन जोगाउन आग्रह समेत गरेका छन् ।

एमसीसी पारित गर्न तयार नभए प्रचण्डका सामु नयाँ राजनीतिक जोखिम बन्न सक्छ । सभामुख सापकोटाविरुद्ध महाभियोग लगाउने गरी तयारी समेत भइसकेको छ । यसकारण प्रचण्ड एमसीसी पास गर्ने कि गठबन्धन तोड्ने विकल्प रोज्न वाध्य भइसकेका छन् ।

एमसीसी चुनावयता रोक्ने प्रचण्डको प्रयास पनि छ । तर, देउवा टसमस नहुने निश्चित भइसकेको छ । उनीमाथि एमसीसी पारित गर्न दबाब बढेको छ । यसपटक दबाब थेगेर नबस्ने निर्णयमा देउवा पुगिसकेको बुझिएको छ ।

एमसीसीबारे प्रचण्डलाई निर्णय लिन कठिन छ । उनी पारितको पक्षमा जान सक्ने अवस्था छैन । तर, गठबन्धन जोगाउने प्रचण्डले कठोर निर्णय लिने सम्भावना पनि छ । एमसीसी पारित नगरी अगाडि बढ्न खोजे प्रचण्डको देउवासँगको सहकार्य टुट्ने मात्र नभई चुनावमा समेत नयाँ गठबन्धन बनाउनुपर्ने वाध्यता रहन सक्छ । त्यतिबेला केपी शर्मा ओलीले फेरि शक्ति आर्जन गर्न सक्छन् ।

एमसीसी प्रचण्डसामु राजनीतिक एम्बुस बनी तेर्सिएको छ । पारित गर्दा उनले पाउँदै आएको समर्थन गुमाउन सक्छन् । अर्कोतर्फ, पूर्वमाओवादी एक बनाउने योजना तुहिन सक्छ । पारित नगर गठबन्धन टुट्न सक्छ ।


प्रकाशित : २०७८ माघ १७, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप