लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

होम ग्राउण्डमा तनाव: चार रातो कार्ड, दोस्रो जित

मोरिससविरुद्ध तनावपूर्ण बनेको मैत्रीपूर्ण दोस्रो खेलमा नेपाल विजयी भएको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको हो । नेपालको जितमा सुजन श्रेष्ठको गोल निर्णायक बन्यो ।

खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गर्नुभएको हो। मोरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा तीन खेलाडी र एक अफिसियलले रातो कार्ड पाएका हुन् ।

 

नेपालका एक र मोरिससका दुई खेलाडीले रातो कार्ड पाएका हुन् । नेपाल १० खेलाडीमा हुँदा मोरिससको टिममा ९ खेलाडी थिए । खेलका क्रममा विवाद भएपछि मैदान छिरेका नेपालका अफिसियल विकास मल्ललेसमेत रातो कार्ड पाउनुभएको हो ।

नेपालका पुजन उपरकोटी दोहोरो पहेंलो कार्ड पाएर मैदान छोड्न बाध्य हुनुभएको हो भने मोरिससका दुई खेलाडीले रातो कार्ड पाउँदा टोली ९ खेलाडीमा सीमित भएको थियो । खेलमा म्यान अफ द म्याच किरण गुरुङ बन्नुभएको छ । उहाँले ७५ हजार रुपैया पाउनुभएको छ । नेपालको जितमा उहाँले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो ।

यसअघि शनिबार भएको पहिलो खेलमासमेत नेपाल १ शून्यले विजयी भएको थियो । शनिबारको खेलमा नेपालका लागि विमल घर्तीमगरले निर्णायक गोल गर्नुभएको थियो ।

nepal football123
nepal vs mo
nepal vs mori


प्रकाशित : २०७८ माघ १८, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप