लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कर्णाली प्रदेशसभाबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठकबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत भएका छन् ।

कर्णाली प्रदेशसभाको बैठक चालु नभएको अवस्थामा कर्णाली प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी भएका पाँच अध्यादेश बैठकबाट सर्वसम्मत स्वीकृत भएका हुन् । बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई ‘कणाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८’ र ‘कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश, २०७८’ स्वीकृतका लागि सभामा प्रस्ताव गर्न समय दिए ।

 

उक्त विधेयक योजनामन्त्री विन्दमान विष्टले यही पुस २८ गते प्रदेशसभामा पेश गरेका थिए । पेश भएका कुनै पनि अध्यादेशमा विरोधको सूचना नआएपछि सभामुख शाहीले सभामा निणयार्थ पेश गरेसँगै तीनवटै अध्यादेश सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।

त्यसैगरी, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले आज प्रदेशभसा बैठकमा स्वीकृतिका लागि प्रस्ताव गरे ‘प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश, २०७८’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७८’ पनि सभाबाट सर्वसम्मत स्वीकृत गरिएको छ ।

उक्त बैठकमा कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंह, सामाजिक विकास समितिका अध्यक्ष देवी ओली र विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष दानसिंह परियारले आ–आफ्ना समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेशसभाको अर्को बैठक माघ २३ गते दिउँसो १ बजे बस्ने सभामुख शाहीले जानकारी दिए । रासस


प्रकाशित : २०७८ माघ १८, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप