लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

पर्वत — पर्वतको फलेबास नगरपालिकाले नगरभित्रका हरेक विदुर पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । मासिक एक हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिन थालेको हो ।

 

विशेष कार्यविधि बनाएर एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण थालिएको योजना अनुगमन अधिकृत देवीप्रसाद तिमिल्सिनाले बताए । यसै आर्थिक वर्षदेखि लागू हुने गरी फलेवासभित्र बसोबास गर्ने एकल पुरुष, एकल महिला, श्रीमान्–श्रीमती बेपत्ता भएका महिला–पुरुषले मासिक एक हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाउनेछन् ।

भत्ता वितरणका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गरेको छ । नगरपालिकाले ५० देखि ६० वर्षसम्मका एकल महिलालाई पनि मासिक एक हजारका दरले रकम उपलब्ध गराएको छ । ६० देखि माथिल्लो उमेरका महिलालाई केन्द्र सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले उनीहरूलाई भने समेटिएको छैन ।

नगरपालिकाले हालै घुम्ती शिविर सञ्चालन गरेर त्यस्ता पुरुष तथा महिलालाई गएको साउनदेखि माघसम्मको सात हजारका दरले भत्ता वितरण गरिसकेको छ । तीन तहका कुनै पनि सरकारी कोषबाट तलब, भत्ता, सुविधा, पेन्सन वा अन्य सामाजिक सुरक्षा नपाउने नागरिकले मात्र यस्तो खालको सामाजिक सुरक्षा भत्ता पाउनेछन् । लाभग्राहीका लागि सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता सुरुआत भएमा त्यस्ता व्यक्तिको भत्ता स्वत: हट्ने नगरपालिकाको कार्यविधिमा उल्लेख छ । महिला वा पुरुष विवाह नगरी बसेको अवस्थामा ५० वर्ष कटेको हुनुपर्ने व्यवस्था छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठका अनुसार नगरपालिकाबाट भत्ता पाउने विदुर (एकल) पुरुष तथा एकल महिलाको संख्या ८५ छ । जसमध्ये विदुरको संख्या मात्रै ७० छ । निम्न आर्थिक अवस्था भएका एकल पुरुष तथा महिलालाई स्थानीय सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत केही राहत पुगोस् भन्ने उद्देश्यले भत्ता उपलब्ध गराइएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।

पहिलो चरणमा हरेक वडामा घुम्ती सेवा कार्यक्रम सञ्चालन गरेर त्यस्ता महिला पुरुषलाई भत्ता वितरण गरिएको हो । हालसम्म फलेवास २, ३, ४, ५, ६, ७, ८, १० र ११ मा परिचयपत्र वितरण गरिएको छ । पहिलो चरणमा हरेक लाभग्राहीलाई नगद र अर्कोपल्ट बैंकिङ प्रणालीमार्फत भत्ता उपलब्ध गराइने नगरप्रमुख शर्माले बताए ।


प्रकाशित : २०७८ माघ १८, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप