लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

‘ब्लाइन्ड डेट’ अबदेखि हिमालय टिभीमा : बैशाखदेखि प्रसारण हुने

युट्युवमा हिट भएपछि ‘ब्लाइन्ड डेट’को सिजन २ टेलिभिजनमा प्रसारण हुने भएको छ । बैशाख पहिलो सातादेखि प्रसारण आरम्भ गर्ने गरि हिमालय टिभीले सोको प्रसारण अधिकार लिएको छ ।

 

टेलिभिजन र सोका निर्देशक रोशन दाहालबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि संचारकर्मीसँग कुरा गर्दै निर्देशक दाहालले कार्यक्रम हिट भएपछि धेरै टिभीबाट अफर आएको र आफूहरुले हिमालय टिभी छनौट गरेको बताए ।

प्रसारण सुरु हुनु एकसाता पहिलेभन्दा सोको छायांकन गरिने भएको छ । अहिले अडिसन सुरु भएको छ । पाँच पुरुष र पाँच महिला प्रतिस्पर्धीको लागि अडिसन थालिएको निर्देशक दाहालले जनाए ।

सिलु पोखरेल र किरण खाती गोल्डी पहिलो सिजनबाट विजेता भएर बिहे समेत गरेका थिए । ब्लाइन्ड डेटको अघिल्लो सिजनले सामाजिक संजालमा निकै चर्चा बटुलेको थियो ।

हिमालय टिभीमा अहिले द भ्वाइस अफ नेपाल, द भ्वाइस किड्स, डान्सिङ विथ द स्टार्स नेपाल, इन्द्रेणी, सक्किगो नि कार्यक्रम प्रसारण भैरहेका छन् ।


प्रकाशित : २०७८ माघ १९, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •