लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

राजेशपायल राईले लिए बालगायिका रुक्सना लिम्बुलाई पढाइदिने जिम्मा

काठमाडौं । ‘द भ्वाइस किड्स नेपाल’की फाइनलिस्ट रुक्सना लिम्बूलाई गायक राजेशपायल राईले आफ्नै खर्चमा पढाइदिने भएका छन् । ‘रुक्सना लिम्बू जिताऔं अभियान’ धरानद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राईले रुक्सनलाई पढाइदिने जिम्मा लिएका हुन् ।

राजेशपायल राई म्युजिक एकेडेमी तथा राजेश पायल राई फाउन्डेसनले रुक्सनाको लागि दुईवटा म्युजिक भिडिओ निर्माण गर्ने घोषणा समेत सो अवसरमा भएको छ । गायक राईकै स्वर तथा संगीत यसमा रहने भएको छ ।

रुक्सनाको लागि केन्द्र मोसन पिक्चर्सले दुईवटा म्युजिक भिडिओ निर्माण गर्ने घोषणा गरेको छ । रुक्साना लिम्बू जिताऔं अभियानका तर्फबाट संयोजक मीना सिंगक र सागर चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

अभियानको समन्वयमा केन्द्र मोसन पिक्चर्सले दुईसहित सिल्भर इन्टरटेन्मेन्ट र एपी शेर्पाको तर्फबाट एक गीत निर्माण गर्ने जनाइएको थियो । कार्यक्रममा अभियान टिमलाई गीत निर्माणका लागि बालकृष्ण सिंगकले १० हजार रकमको चेक हस्तान्तरण गरे । रुक्सनाको आगामी प्रोजेक्टको लागि ब्यबसायी टंक लिम्बूले २५ हजारको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नविन मेन्याङ्बोले मन्तव्य राख्दै टाइटल जित्नु मात्रै ठूलो कुरा नभएर सम्पूर्ण संगीतप्रेमी नेपालीहरुको मन जितेर दर्शक श्रोताको माया पाउनु पनि ठूलो कुरा भएको बताए । लिम्बू समुदायको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको रियालिटी सोको फाइनलसम्म पुगेर आफ्नो समुदायको मान राखेको भन्दै उनले सघाउने वचन दिए ।

गायनसँगै पढाइलाई समेत निरन्तरता दिएर अघि बढ्न उनले आग्रह गरे ।

रुक्सनाकी आमा रेखा लावती लिम्बूले छोरीको लागि धरानको टिमले सहयोग गरेको बताउँदै सांगीतिक भबिष्यको लागि समेत सबैसँग समन्वय गरी विभिन्न अवसर प्रदान गरिदिएकोमा धन्यवाद दिइन् । कार्यक्रममा रुक्सनाले आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिंदै मालिंगो काटी , किन बढ्दैछ, मेरो लगायतका केही गीत गाएकी थिइन् ।


प्रकाशित : २०७८ माघ १९, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप