लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सीके राउतदेखि विद्यार्थीको आन्दोलनसम्म सुरक्षा चुनौती

केन्द्रीय सुरक्षा समितिको बैठकमा देशको वर्तमान सुरक्षा चुनौतीबारे छलफल भएको छ । यस्तै आगामी जेठमा प्रस्ताव गरिएको चुनावका सन्दर्भमा सुरक्षा योजना बनाउनेबारे पनि प्रारम्भिक छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा अहिलेको अवस्थामा सीके राउतले किसानको नाममा तराई क्षेत्रमा जारी राखेको आन्दोलन, एमसीसीको विरोधमा विप्लवसहित विभिन्न पक्षले जारी राखेको आन्दोलन सुरक्षा चुनौतीको रुपमा रहेको ठहर गरिएको छ।  यस्तै विद्यार्थीको आन्दोलनबाट उत्पन्न भएको सुरक्षा चुनौतिका साथै यी समग्र विषयमा प्रभावकारी रुपमा शान्ति सुरक्षा दिने विषयमा छलफल भएको बैठकपछि एक अधिकारीले जानकारी दिए ।

 

यस्तै स्थानीय तहको निर्वाचनमा थप जनशक्ति आवश्यक पर्ने भएकाले म्यादी भर्ना गर्नुपर्ने निष्कर्ष निकालिएको छ।  निर्वाचन आयोगले मंगलबार प्रधानमन्त्रीलाई बुझाएको लिखित सुझावमा पनि म्यादी भर्ना गर्न सुझाव दिएको थियो ।  बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।


प्रकाशित : २०७८ माघ १९, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप