नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित बिरामीको आज बिहान मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–२ निवासी ८५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले बताए ।
उनका अनुसार गत पुस २३ गते भेरी अस्पतालमा पिसिआर गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरी उनको उपचार हुँदै आएको थियो । स्वास्थ्य अवस्थामा सुधार नभएपछि उहाँको आज बिहान मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४७ जना पुगेको छ ।
प्रकाशित : २०७८ माघ १९, बुधबार : प्रकाशित