निर्देशक सुमन दाहाल पछिल्लो समय अमेरिकामा छन् । केही फिल्म तथा थुप्रै नेपाली म्युजिक भिडियो निर्देशन गरेका दाहालले अमेरिकामा पनि छोटा फिल्म तथा म्युजिक भिडियो बनाउँदै आएका छन् ।
दाहालले बनाएको पछिल्लो सट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ । अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्ममा चुडामणी अवस्थी, सविता चौलागाई केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्याल लगायतको कलाकारको अभिनय छ ।
फिल्मले शंकाको कारण एक परिवार के कस्तो असर पार्छ भन्ने देखाउन खोजिएको छ । चूडामणि अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो फिल्ममा भुपेन्द्र अधिकारीको सम्पादन छ ।
रेनिश फागोको कलर र मुकेश साहको मिक्सिङ तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको फिल्ममा सुदन डोटेल र सरोज प्याकुरेलले सबटाइटल गरेका छन् ।