लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जनकपुरधाममा पनि प्रधानमन्त्री देउवाको पुतला दहन

जनकपुरधाम : पेट्रोलियम पदार्थको वृद्धि मूल्य फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न मांग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुरको पुतला दहन गरेको छ ।

बुधबार अनेरास्ववियू र युवा संघका नेता कार्यकर्ताहरुले जनकपुरधामको जनक चोकमा प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । पुतला दहनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति चाँडै घोषणा गर्न मांग गर्दै तिनीहरुले प्रधानमन्त्री देउवाको पुतला दहन गर्ने क्रममा प्रहरीले रोक्न जाँदा झडप भएको हो । अनेरास्ववियूका केन्द्रिय सदस्य रोशन यादवले अदालतबाट परमादेशीय सरकारको नेतृत्व लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गइरहेको र स्थानीय तहको कार्यकाल पुरा भएपनि निर्वाचनको मिति तोक्न असफल भइरहेको कारण दबाव दिन पुतला दहन गरेको बताए ।

यसअघि अनेरास्ववियू जनक चोकमै सडक बहस कार्यक्रम आयोजना गरेको थियो । सडक बहस कार्यक्रम सकिएपछि प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी गर्दै पुतला दहन गरेको थियो ।

अनेरास्ववियू मधेश प्रदेशका संयोजक रञ्जना शिवाकोटीले भनिन्, ‘गठबन्धन सरकारले स्थानीय तह निर्वाचन सार्न संविधान संशोधन गर्नुपर्ने लगायतका जनतामा भ्रम छरेर निर्वाचन गराउन नचाहेकोले दबावस्वरुप पुर्वघोषित कार्यक्रम अनुसार सडक बहस कार्यक्रम र पुतला दहन कार्यक्रम गरिएको हो ।’

‘जनताको ढांढ सेक्ने गरी गठबन्धन सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ,’ उनले भनिन्, ‘जबसम्म वृद्धि मूल्य फिर्ता हुँदैन तबसम्म हाम्रो विरोधको कार्यक्रम जारी रहनेछ ।’


प्रकाशित : २०७८ माघ १९, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप