लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

देउवाको प्रश्न, ‘ एमसीसी सम्झौताका कुन–कुन बुँदा संशोधन गर्नुपर्ने हो ?’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको संशोधन गर्नुपर्ने बुँदा उपलब्ध गराउन सत्ता साझेदार दललाई आग्रह गरेका छन्। बालुवाटारमा बुधबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसमक्ष संशोधन गर्नुपर्ने बुँदाहरू लेखेर दिन भनेका हुन्।

दाहाल र नेपालले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने बताएको स्रोत बताउँछन्। ‘माधवकुमार नेपाललाई निर्वाचनसम्म गठबन्धन कायम रहन्छ भने यथास्थितिमै पनि एमसीसी पास गर्ने कुरामा समस्या छैन। पार्टीका अन्य साथीहरूको चित्त बुझाउनका निमित्त मात्र उहाँले संशोधनको मुद्दा बोक्नुभएको छ’, स्रोतले भन्यो।

नेपालसँग बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले पनि भेट गरेका थिए। त्यस बेला पनि नेपालले सकारात्मक कुरा गरेको स्रोतले बतायो। ‘गृहमन्त्रीले देशलाई निकास दिन के गर्ने हो ? तपार्इंहरूले सहजीकरण गरिदिनुपर्‍र्यो भन्नुभयो’, स्रोतले भन्यो, ‘माधवकुमार नेपालले साथीहरू एमसीसी संशोधन गरेरै अघि बढौं भन्दै हुनुहुन्छ। मैले साथीहरूलाई भनेकै छु। एमसीसी कहाँनेर संशोधन गर्नुपर्छ भन्नुहोस्। त्यसमा प्रधानमन्त्रीजीलाई सुझाव दिनेछौं। सँगसँगै हामी गठबन्धनमा पनि छौं र उहाँहरू सँगै चुनावमा जानुपर्छ भन्ने पनि ख्याल राखौं।’

बालुवाटारमा प्रधानमन्त्रीसँग एमसीसीकै विषयमा छलफल भएको नेता नेपालले बताए। ‘एमसीसीका कुन–कुन कुराहरू संशोधन गर्नुपर्ने छन् भनेर प्रधानमन्त्रीले सोध्नुभयो। संशोधन गर्नुपर्ने बुँदाहरू उपलब्ध गराउन हामीलाई भन्नुभएको छ’, नेता नेपालले भने।

उनले गठबन्धन नटुट्ने बरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमै कायम रहने बताए। ‘पाँच दलीय गठबन्धन टुट्ने भयो कि क्या हो भन्ने अनावश्यक भ्रम र आशंका छन्,’ उनले भने, ‘गठबन्धन टुट्ने वाला छैन। हामीले एक पछि अर्को सफलता हासिल गर्दै गएका छौं। नेपालको राजनीति दक्षिणपन्थी दिसामा जान खोजेको थियो। त्यसलाई हामीले करेक्सन गरेका छौं। सही बाटोमा हिँडाएका छौं।’

दाहालले भने संशोधनको अडान भने कायमै राखेको जनाइएको छ। ‘केही बुँदामा छलफल गरेरै अघि बढ्नुपर्छ नत्र देश दुर्घटना पर्न सक्छ भन्ने प्रचण्डजीको भनाइ हो। त्यसपश्चात् प्रधानमन्त्रीले कहाँनेर तपाईंहरूलाई आशंका छ, खुलेर बुँदागत रूपमा ल्याउनुहोस् छलफल गरौंला भन्नुभयो’, स्रोतले भन्यो, ‘त्यसपछि आआफ्नो पार्टीमा छलफल गरेर निचोडमा पुग्ने कुरा भएको थियो।’


प्रकाशित : २०७८ माघ २०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •