लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कतार विश्वकप : स्टेडियमका ८० प्रतिशत सामग्री पुनः प्रयोग गर्न मिल्ने

कतारले फिफा विश्वकपका लागि पुन: प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोगबाट स्टेडियम निर्माण गरेको छ । कार्बन न्यूट्रल गर्नका लागि स्टेडियम निर्माणको सुरुवातादेखि नै पर्यावरणमैत्री यातायात र कार्बन उत्सर्जन कम गर्ने किसिमका सामग्री प्रयोग गरिएको हो ।

 

स्टेडियममा ८० प्रतिशत पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग भएको सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसी (एससी) जनाएको छ । ‘फिफा विश्वकप कतार-२०२२ का सबै स्टेडियम ३० प्रतिशत ऊर्जा र ४० प्रतिशत पानी खपत गर्ने भएकाले वातावरणमैत्री छन्,’ सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसी (एससी) ले भनेको छ।

एससीका अनुसार सबै रंगशाला निर्माणमा पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गरिएको छ । अहमद बिन अली स्टेडियम बनाउँदा पुरानो रंगशालाका ९० प्रतिशत सामग्री प्रयोग गरिएको पनि एससीको दिगोपन तथा वातावरणसमबन्धी हेर्ने वरिष्ठ इन्जिनियर बोडौर अल मीरले बताए ।

स्टेडियमहरू वातावरण, अर्थतन्त्र, सामाजिक वा मानवीय अवस्था जस्ता कुरामा आगामी पुस्तालाई असर नपर्ने गरी बनाइएको बताउँदै उनले यी सामग्रीहरूलाई भविष्यमा पनि सदुपयोग गर्न सकिने जानकारी दिए ।

सबै रंगशालासँग दूरी भएकाले यसअघिको फिफा विश्वकपको तुलनामा घरेलु उड्डयनका कारण हुने कार्बन उत्सर्जन घटाउने उनको भनाइ छ । रंगशालासम्म पुग्नका लागि दोहा मेट्रोले कम कार्बन उत्सर्जन गर्ने पर्यावरण-मैत्री सार्वजनिक यातायात सेवा दिने एससीले जनाएको छ ।

मेट्रो स्टेशनबाट छुटेका गाडी आठमध्ये सातवटा स्टेडियममा सीधा पुग्ने बताइएको छ । दोहा विश्वकपमा दर्शक तथा पाहुनाहरूलाई ओसार्न बोक्न करिब ८५० विद्युतीय बस प्रयोग गरिने एससीले जनाएको छ ।


प्रकाशित : २०७८ माघ २२, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप