लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रुसलाई विन्टर ओलम्पिकमा पहिलो स्वर्ण

अलेक्जेन्डर बोल्सुनोभले आईतबार स्वर्ण पदक जितेसँगै रुस ओलम्पिक कमिटी ९आरओसी० ले बेइजिङ विन्टर ओलम्पिकमा पहिलो स्वर्ण पदक हात पारेको छ । आइतबार भएको पुरुषतर्फको स्कायाथलनमा एलेक्जेन्डरले स्वर्ण जित्दै रुसलाई पहिलो स्वर्ण पदक जिताएका हुन् ।

रुस हालसम्म सर्वाधिक चार पदक जित्ने टोली रहेको छ । उनले एक स्वर्ण पदक जित्दा दुई रजत र एक कास्य पदक जितेको छ । अलेक्जेन्डरले एक घण्टा १६ मिनेट ९ दशमलव ८ सेकेन्डमा स्वर्ण पदक जित्न सफल भए । आरओसीकै डेनिस स्पिटसोभ रजत तथा फिनल्यान्डका लिभो निस्कनेनले कास्य पदक जिते ।

हालसम्म १३ देशले पदक जित्दा ७ देशले स्वर्ण पदक हात पारेका छन् । दुई स्वर्ण जितेको नर्वे शीर्ष स्थानमा छ । रुससँगै स्लोभेनिया, चीन, नेदरल्यान्ड, न्युजिल्यान्ड, स्विडेनले एक-एक स्वर्ण पदक जितेका छन् ।


प्रकाशित : २०७८ माघ २३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप