मंगलबार देशभरबाट ५ हजार १०३ जना कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म ९ लाख २० हजार ५९२ जना संक्रमणमुक्त भइसकेका छन् ।
२४ घण्टामा १ हजार ९५७ संक्रमित थपिएका छन् । आज १२ हजार ६९२ जनाको कोभिड परीक्षण भएको थियो ।
त्यसैगरी कोभिड संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । २४ घण्टामा २ लाख ७३ हजार ३४९ जनाले खोप लगाएका छन् । देशभर सक्रिय संक्रमित ३६ हजार १८१ जना छन् ।
प्रकाशित : २०७८ माघ २५, मंगलवार : प्रकाशित