सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाउनु भएको छ । उहाँले भोलि बिहान ११ बजे बैठक बोलाउनुभएको छ ।
भोलि दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा कुन कुन विषय समावेश गर्ने भन्नेबारे छलफल गर्न कार्यव्यवस्था समितिको बैठक डाकिएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने संसद सचिवालय स्रोतले बताएको छ ।
प्रकाशित : २०७८ माघ २५, मंगलवार : प्रकाशित