लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

फिल्ममा चुनावको असर : स्वस्तिमा अभिनित ‘चिसो मान्छे’ असार ३ मा रिलिज हुने

काठमाडौं : सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेसँगै फिल्म निर्माताहरुले रिलिज मिति तय गर्न थालेका छन्। यसैबीच, फिल्म ‘चिसो मान्छे’को नयाँ प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक गरिएको छ।

लेखक तथा निर्देशक दीपेन्द्र के खनालले आगामी असार ३ गते फिल्म रिलिज हुने फेसबुक मार्फत जानकारी दिएका छन्।

यसअघि यो फिल्म आगामी बैशाख ३० गते रिलिज हुने तय भएको थियो। तर, सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रदर्शन मिति सारिएको हो।

सार्वजनिक पोस्टरमा स्वस्तिमा खड्काको फरक अवतार देख्न सकिन्छ। यस फिल्ममा स्वस्तिमाको शीर्ष भूमिका रहेको छ। साथै, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको अभिनय रहेको छ।

शर्मिला पाण्डेको लगानी रहेको फिल्ममा दिपेन्द्र के खनालको लेखन, छायाङ्कन र निर्देशन रहेको छ। फिल्मको सुटिङ काठमाडौं, बाजुरा लगायतका स्थानमा गरिएको थियो। फिल्ममा बाजुराको भाषा समेत समावेश गरिएको छ।

खनालले यसअघि फिल्म ‘प्रशुपति प्रसाद’ र ‘आमा’ समेत बनाएका थिए। जुन फिल्महरु व्यावसायिक र समीक्षात्मक रुपमा सफल भएका थिए।


प्रकाशित : २०७८ माघ २६, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप