लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विमानस्थलमा बरामद भएको ‘अनौठो सुन’ले उब्जाएको प्रश्न : के ह्वाइट गोल्ड पनि भित्रिन थालेको हो?

काठमाडौँ : सोमवार दुबईबाट एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। भन्सार कार्यालयको सामान ‘एक्स-रे’ गर्ने मेसिन पार हुन नपाउँदै उनी भन्सार कर्मचारीको नियन्त्रणमा परे। उनले साथमा ल्याएको बस्तु बहुमूल्य भएको सङ्केत मेसिनले गरिसकेको थियो।

त्यसपछि उनको साथबाट चार वटा सिक्री फेला पर्‍यो। नापतौल गर्दा ४ वटा सिक्रीको तौल ६ सय ५० ग्राम। विदेशबाट आउँदा काँचो सुन १ सय ग्रामभन्दा बढी ल्याउन पाइँदैन। गहना पनि २ सय ५० ग्रामसम्म मात्र कोटा निर्धारित छ। ती भारतीयले ल्याएको सुन नेपालमा प्रचलित तौल अर्थात् तोलामा गणना गर्दा ५५ भन्दा माथि पर्न आउँछ। जसको मूल्य ५० लाख रूपैयाँभन्दा धेरै हो। यस हिसाबले पनि उक्त सुन भन्सारले तोकेभन्दा बढी भएकाले जफत हुने देखियो।

तर, जब उनले ल्याएको सुन नियन्त्रणमा लिएर भन्सार कार्यालयका कर्मचारीले त्यसलाई टुक्रा पारेर परीक्षण गर्न खोजे – भित्रपट्टि सेतो चाँदीजस्तै पदार्थ देखियो। भन्सार कर्मचारीको नियन्त्रणमा रहेका ती भारतीयले पनि ल्याएको सिक्री चाँदी नभएर सुन नै भएको दाबी गरिरहेका थिए। सामान्यतया सुन सक्कली वा नक्कली छुट्याउन कठिन हुँदैन। तर, यस केसमा भने ल्याउने र भन्सारका कर्मचारीको दावी बाझियो।

‘भित्र हेर्दा सेतो देखिन्छ। सामान्यतया सुन पहेँलो हुने गर्छ। यसमा चाहिँ अचम्म नै भएको छ। परीक्षणका लागि पठाएका छौँ,’ त्रिभुवन भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भने।

बरामद गरिएको सुन अहिले भन्सार कार्यालयको ल्याबमा परीक्षण गर्न पठाइएको छ। उनले ल्याएको सुन असली ठहरिएमा त्यो जफत हुनेछ। तर, उनले ल्याएको सुन ह्वाइट गोल्ड पनि हुनसक्ने अनुमान गरिएको छ। नेपालमा ह्वाइट गोल्डको माग कम छ।

धेरै जसो समातिएकालाई आधार मान्ने हो भने दुबईबाट नेपालमा सुन तस्करी हुने गरेको छ। दुबईबाट नेपाल हुँदै भित्रिएको सुन भारत जाने गरेको प्रहरीको अनुसन्धानले देखिएको छ। विमानस्थल हुँदै गरिने सुन तस्करी बढेपछि चेकिङ कडा बनाइएको छ। त्यसैले तस्करहरूले आफ्नो शैली फेर्दा झुक्याउने प्रयास गर्दै आएका छन्। ल्याबले यसलाई सुन प्रमाणित गरे त्यो ‘ह्वाइट गोल्ड’ हुने सम्भावना धेरै छ। यसले फेरि अर्को प्रश्न खडा गर्ने छ – के नेपालमा विदेशबाट ह्वाइट गोल्डको पनि तस्करी हुन लागेको हो?

यदि सुन नभएको पुष्टि ती भारतीयले किन सुन भएको दाबी गरिरहेका थिए? अथवा कतै नेपालमा सुन तस्करी गर्दा कत्तिको कडाई छ भन्दै तस्करले ‘ट्रायल’ गरेको त होइन?

अहिले दैनिक औसतमा दुई किलोभन्दा बढी सुन व्यक्तिले विदेशबाट नेपाल भित्र्याइरहेको पाइन्छ।

भन्सार ऐनअनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउँछन्।

यस्तै, भन्सार ऐनअनुसार बनेको निर्देशिकले एक व्यक्तिले विदेशबाट आउँदा ५० ग्राम बाहेक थप २ सय ग्रामसम्मको सुनका गहना ल्याएमा भन्सार महसुल बुझाई जाँचपास गर्न सकिने व्यवस्था छ। सोभन्दा बढी गहना ल्याएमा जफत हुन्छ। ५० देखि १ सय ग्राम सुनका गहना विदेशबाट ल्याउनुपर्दा प्रति १० ग्राम १० हजार रुपैयाँका दरले भन्सार शुल्क तिर्नुपर्छ। त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ तिर्नुपर्ने प्रावधान छ।

व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १ सय ग्रामसम्मलाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने, सोभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने व्यवस्था छ। यसरी ल्याएको १ सय ग्राम सुनमा पहिलो ५० ग्राममा प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ र त्यसपछिको ५० ग्राममा १० हजार ५ सय रुपैयाँ भन्सार लाग्छ। अर्थात् १ सय ग्राम सुनमा १ लाख रुपैयाँ राजस्व तिर्नुपर्छ। त्यसैले भन्सार छलेर सुन तस्करीका लागि नयाँ नयाँ शैली अपनाउने गरेको देखिन्छ।


प्रकाशित : २०७८ माघ २६, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप