लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान

हेटौंडा : सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो।

महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ। उद्योग मन्त्रालयको प्रशासन तथा संस्था शाखामा दरखास्त दिन सकिनेछ।

दरखास्तका साथमा निवेदकले उद्योग सञ्चालनका लागि व्यावसायिक कार्ययोजना पेश गर्नुपर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। ३५ वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको व्यक्तिले महाप्रबन्धकका लागि दरखास्त दिन सक्नेछन्। प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जीनियरिङ वा कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कुनै संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्ष काम गरेका व्यक्तिले दरखास्त दिनसक्ने मन्त्रालयले जनाएको छ।

दरखास्त स्वीकृत भइ छनोटमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामार्फत उत्कृष्टलाई नियुक्तिका लागि सिफारिस गरिनेछ। सरकारी स्वामित्वको उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन छ। महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल गत पुसमा सकिएको थियो। सिहंले २०७१ सालदेखि महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए।


प्रकाशित : २०७८ माघ २६, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप