लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

शान्तिको लागि एशियाका मिडियाको भेला

 

 

हेवेनली कल्चर, वर्ल्ड पिस, रेस्टोरेसन अफ लाईट (एचडब्लूपीएल)द्वारा आयोजित एचडब्लूपीएल पब्लिसिटी एम्बासडरहरूको नियुक्ति र समझदारीपत्रमा हस्ताक्षर समारोह जनवरी २९ मा १२:४५ बजे अनलाइन आयोजित भएको थियो। ३२ जना सहभागीहरूले कार्यक्रममा सहभागीता जनाएका थिए, जसमा एशियाका १६ मिडिया पत्रकारहरू र एचडब्लूपीएलको जनसम्पर्क विभागका कर्मचारीहरू समावेश थिए।

 

एचडब्लूपीएलको पूरा संस्करण हेवेनली कल्चर, वर्ल्डपिस, रेस्टोरेसन अफ लाईट हो, यो संस्था संयुक्त राष्ट्र डिजिसी र संयुक्त राष्ट्र इकोसक अन्तर्गत दर्ता भएको कोरियामा आधारित अन्तर्राष्ट्रिय शान्ति गैर सरकारी संस्था हो । सन् २०१३ देखि, यो संस्थाले विश्व शान्ति र युद्ध समाप्तिका लागी विभिन्न शान्ति गतिविधिहरुको लागी प्रतिबद्ध छ। एचडब्लूपीएलका १२ शाखाहरूले १९७ देशका मिडियासँग सहकार्य गरिरहेका छन् । जसमा ६९ देशहरुबाट १७६ जना पब्लिसिटी एम्बासडरहरु छन्, २० देशहरुबाट २३ मिडियाले पनि एचडब्लूपीएलसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन्(डिसेम्बर २०२१ सम्म)।

 

एचडब्लूपीएल पब्लिसिटी एम्बासडरहरू सार्वजनिक व्यक्तित्वहरू हुन् जसले युद्धहरूअन्त्य गर्न र हाम्रा भावी पुस्ताहरूका लागि शान्तिको दिगो विरासत छोड्न सकियोस भनेर आ-आफ्नो क्षेत्रहरू मार्फत शान्ति स्थापना गर्ने प्रयास गर्छन्। विशेष गरी, शान्ति कानून, धार्मिक सद्भाव र शान्ति शिक्षा लगायतका शान्ति पहलका समाचारहरू फैलाउन र शान्तिको जनचेतना जगाउन मिडिया एम्बासडरहरूले भूमिका निर्वाह गर्छन। एचडब्लूपीएलसँग समझदारीपत्रमा हस्ताक्षर गरेका मिडियाहरूले शान्ति पहलहरूको बारेमा समाचार मात्र रिपोर्ट नगरेर, यो मिडियाहरूले कार्यक्रमहरू आयोजना गर्न सक्रिय रूपमा सहकार्य पनि गर्छन्।

 

एलिस किम, एचडब्लूपीएलका एशियाली जनसम्पर्क विभागका महाप्रबन्धकले यस नियुक्ति समारोहको उद्देश्य पब्लिसिटी एम्बासडरहरूको नियुक्ति र समझदारीपत्रमा हस्ताक्षर गरी एशियाली देशहरूमा शान्ति संस्कृति फैलाउनमा प्रभाव विस्तार गर्नु रहेको बताए।

 

एचडब्लूपीएल सँग ६ वर्षसम्म पब्लिसिटी एम्बासडरका रूपमा सहकार्य गरेका ट्र्याक नेपालका अध्यक्ष पिया रत्न महर्जनले आफ्नो अन्तरदृष्टि प्रस्तुत गर्दै भन्नुभयो, “पब्लिसिटी एम्बासडरहरुको एक प्रतिनिधिको रूपमा अग्रपंक्तिमा रहेर जनताको सेवा गर्नु र विश्वभर शान्ति ल्याउनु हामि मिडियाको काम हो । मलाई आशा छ कि नवनियुक्त पब्लिसिटी एम्बासडरहरुले सोहि धारणा पछ्याउनु हुनेछ, र हामी एकसाथ हात मिलाएर विश्व शान्तिलाई सदाको लागि कायम गर्न सक्छौं।

 

कार्यक्रमको मुख्य आकर्षणको रुपमा हेर्दा १५ जना एचडब्ल्युपीएल पब्लिसिटी एम्बासडरहरू (इन्डोनेसिया ५, नेपाल २, फिलिपिन्स ८)को नियुक्ति र ७ मिडिया संस्थाहरु (नेपाल २, फिलिपिन्स ४, ताइवान १) संग समझदारीपत्रमा हस्ताक्षर थियो। एउटै स्वरमा सबैले प्रतिबद्धता सन्देश घोषणा गरे, “म, शान्ति पत्रकारको रूपमा, नागरिक समाजमा थप शान्ति समाचारहरू पुर्‍याउन नेतृत्व लिनेछु। ”

 

फिलिपिन्स सूचना एजेन्सीको सूचना केन्द्र– बुलासानका प्रबन्धक, भिन्सन कन्सेपसनले नवनियुक्त एचडब्ल्युपीएल पब्लिसिटी एम्बासडरको रूपमा आफ्नो संकल्प व्यक्त गर्नुभयो, “ढुक्क हुनुहोस् म मेरो पूर्ण समर्थन, तपाईंको नीतिमा प्रतिबद्धता र दिगो शान्ति प्राप्त गर्नका लागि सँगै काम गर्नेछु र विभिन्न क्षेत्रहरुको सहकार्यको माध्यमबाट धेरै सामुने पुगेर हाम्रो शान्ति परिवार सदस्य हुन विशेष गरी मिडिया मार्फत शान्ति प्राप्त गर्न सकिन्छ भनेर जनतालाई जानकारी गराउनेछु।

 

इन्डोनेसियाबाट मिना न्यूजका पत्रकार राना सेतियावानले नवनियुक्त एचडब्ल्युपीएल पब्लिसिटी एम्बासडरको रूपमा आफ्नो दृष्टिकोण बताउदै भन्नुभयो,”सञ्चारमाध्यमको रणनीतिक भूमिका भनेको जनताको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि शान्ति कायम राख्ने समाचार सिर्जना गर्नु र विशेष गरी यो चलिरहेको महामारीको बीचमा र भविष्यमा घृणा, द्वन्द्व, गलतफहमी र सञ्चारको अभावले उत्पन्न हुने राष्ट्रिय र विश्वव्यापी चुनौतिहरूलाई जित्नु हो l एचडब्ल्युपीएल सँगसँगै दिगो विश्व शान्ति सिर्जना गरौं।”

 

आफ्नो शुभकामना मन्तव्यमा, ज्योङ हुइ ह्यिवोन एचडब्ल्युपीएलका दक्षिणी सियोल ख्यंगी शाखाका मुख्य शाखा प्रमुखले नवनियुक्त पब्लिसिटी एम्बासडरहरूलाई शान्तिको काममा हातेमालो गर्न आग्रह गरे ,”हाम्रा पहलका सबै नतिजाहरू, अर्थात् शान्ति कानून, अन्तरधर्म सद्भाव र शान्ति शिक्षा, हामी तिनीहरूलाई तपाईंको हातमा सुम्पिरहेका छौं।हामीले हाम्रो भावी पुस्ताका लागि दिगो शान्ति प्राप्त गरि नसके सम्म यस शान्ति कार्यको असल प्रतिफल फैलाउन जारी राख्नुहुनेछ भने आशा गर्दछौं।”


प्रकाशित : २०७८ माघ २६, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •