लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

लता मंगेशकरको करोडौँ सम्पत्तिको हकदार को ?

मुम्बई । भारत रत्न लता मंगेशकरले यही फेब्रुअरी ६ मा प्राण त्यागिन् । दिग्गज गायिका लताको भौतिक शरीरले संसार छोडेपनि उनले थुप्रै कुराहरू यही छोडेर गएकी छन् ।

पहिलो त उनले भविष्यका युगहरूका लागि अनन्तकालसम्म सम्झिने हजारौँ गीतहरू छोडेकी छन् । उनले थुप्रै सम्झनाहरू छोडेर पनि गएकी छिन् ।

साथै लताले करोडौँको सम्पत्ति छोडेर गएकी छन् । दक्षिण मुम्बईस्थित पोश भन्ने ठाँउमा लताको आलिशान बंगला छ । यस प्रभु कुञ्ज बंगलामा उनले थुप्रै सेलिब्रटीहरूका लागि भेटघाट कार्यक्रम राखिसकेकी थिइन् ।

करोडौँको बंगला मात्रै होइन उनीसँग महँगो अनि आलिशान कारको कलेक्सन छ । गायन करिअरको सफल सुरुवातसँगै उनले ‘सेभरलेट’ गाडी किनेकी थिइन । त्यसपछि उनले ब्युइक, क्राइसलर र हिलम्यान कार पनि किनेकी छन् ।

रिर्पोटकाअनुसार चलचित्र ‘वीर जारा’का फिल्ममेकर यस चोपडाले मायाको चिनो स्वरूप उनलाई ई–क्लासको मर्सडिज उपहार गरेका थिए ।

फोटोग्राफीमा पनि रहर भएकी लताले थुप्रै महँगा अनि प्रोफेसनल क्यामेराहरू पनि किनेर राखेकी छन् ।

भारतीय सञ्चारमाध्यमले उनको कुल सम्पत्ति करिब ३६० करोड भएको बताइरहेका छन् । तर यसमा एकमत छैन । कतिपय मिडिया रिपोर्टमा उनीसँग १०८ देखि ११५ करोड भएको सम्पत्ति भएको बताइएको छ ।

यी दिग्ग्ज गायिकाले आफ्नो जीवनको सात दसक सक्रिय रूपमा काम गरेकी थिइन् । हुन त उनको विरासतले नै उनको कुल कमाइलाई प्रस्ट्याउँछ ।

उनी अविवाहित थिइन् । उनी दिदिबहिनी र भाइसँग बसिरहेकी थिइन । उनको अन्तिम संस्कार उनका भाइ हृदयनाथ मंगेशकरले गरेका थिए । यसका कारण उनले छोडेर गएका करोडौँको सम्पत्ति उनकै भाइलाई जाने अनुमान धेरैले गरिरहेका छन् । यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि छैन ।

लता भाइ हृदयनाथसँग एकदमै नजिक थिइन् । कैयौँ अन्तवार्तामा उनले आफ्नो कान्छो भाइसँगको सम्बन्धका बारेमा कुरा पनि गरेकी छन् ।

यता हृदयनाथले पनि फिल्मफेयरसँगको अन्तवार्तामा दिदीप्रतिको सम्मान र बोन्डबारे खुलेरै बताएका थिए ।


प्रकाशित : २०७८ माघ २७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •