पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ६९ कोभिड १९ संक्रमित पहिचान भएको छ। आरटी पीसीआर, एन्टीजेन र एसएमएस तथा इमेलबाट प्राप्त एन्टीजेन सहितको संख्या हो यो।
११ हजार ८ सय ८० जनामा परीक्षण हुँदा उक्त संख्यामा रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ८ हजार ८ सय ८० जनाको आरटी पीसीआर र ३ हजार जनाको एन्टीजेन परीक्षण गरिएको थियो। यस अवधिमा १२ जनाको संक्रमणकै बिच मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस अवधिमा २ हजार २ सय ३८ जना संक्रमण मुक्त भएका छन्। संक्रमितको संख्या लगातार कम हुनु र संक्रमणमुक्त हुनेको संख्या लगातार माथि रहनुले संक्रिय संक्रमितको संख्या पनि घटाएको छ। नेपालमा कूल २९ हजार ४ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
चौबीस घन्टामा २ लाख २० हजार ६ सय १ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।