लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आइतबारदेखि नागरिक एपबाटै ब्लुबुक नवीकरण, ई-सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने

आउँदो फागुन १ गतेदेखि नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भुक्तानी सेवाप्रदायकलाई स्वीकृति प्रदान गरेसँगै ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न मिल्ने भएको हो ।

मन्त्रालयले बिहीबार अनलाइन प्रणालीबाट राजस्व संकलन गर्ने विषयमा पत्राचार गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले यसका लागि श्रम मन्त्रालयलाई सहमति दिएको थियो ।

यातायात व्यवस्था सेवा कार्यालय र यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रहरूबाट यातायात क्षेत्रको राजस्व संकलन गर्न ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरिएको छ । ती बैंकबाट राजस्व हिसाब मिलान गर्नेगरी ई-सेवा (फोन पे प्रालि) र खल्ती (स्प्यारो पे प्रालि) को मोबाइल वालेटलाई यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मा आवद्ध गरिएको छ ।

त्यसै आधारमा सवारीसाधन कर र नवीकरण शुल्क संकलन गर्न श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरिय निर्णयका आधारमा ई-सेवा र खल्तीलाई स्वीकृति प्रदान गरेको हो । त्यसो त नागरिक एपमा बागमती प्रदेश सरकारको यातायात व्यवस्थापन सूचना प्रणाली यस अघि नै आवद्ध भइसकेको छ ।

जसबाट सवारी करको विवरण र ब्लुबुक नवीकरणको अवस्थाको विषयमा जानकारी लिन सकिन्छ । तर भुक्तानीका लागि डिजिटल वालेटले स्वीकृति नपाएका कारण नागरिक एपले ब्लुबुक नवीकरण सेवा दिन सकेको थिएन ।

अब भने ई-सेवा र खल्तीले प्रदेश सरकारबाट त्यसको स्वीकृति पाएसँगै नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको हो । त्यसो त सोझै प्रदेश सरकारको टीएमआईएस प्रणालीको वेबसाइटमा गएर समेत यो सेवा लिन सकिन्छ ।

बागमती प्रदेश सरकारले आफ्नो यातायात प्रणालीलाई अनलाइन सेवाका लागि तयार गरेको भए पनि अन्य प्रदेश सरकारले भने अहिलेसम्म यसका लागि आवश्यक तयारी थालेका छैनन् । त्यसैले बागमती बाहेकका प्रदेशमा दर्ता भएका सवारी साधनको नवीकरण अनलाइनमा कहिलेदेखि उपलब्ध हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन ।

नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।


प्रकाशित : २०७८ माघ २७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप