लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

टाउकोमा चोट लागेर मैदानमै बेहोस भएका मनिषको स्वास्थ्य अवस्था स्थिर

सहिद स्मारक ए डिभिजन अन्तरगत शनिबारको खेलमा मैदानमा विपक्षी खेलाडीसँग ठाेक्किएर बेहाेस भएका राष्ट्रिय फुटबल टोलीका सदस्य मनिष डाँगीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

दशरथ रंगशालामा च्यासलविरुद्धको खेलमा विपक्षी खेलाडीसँग ठोक्किन पुगेका डाँकीको अवस्था अहिले स्थिर रहेको उनी उपचाररत ब्लु क्रस अस्पतालले जनाएको छ ।

मच्छिन्द्रका भरपर्दा खेलाडी डाँगी च्यासलविरुद्धको खेलको ६६ औं मिनेमा विपक्षी खेलाडी यानिक केइचासँग ठोक्किएर लडेका थिए । टाउको चोकका कारण उनी मैदानमा नै बेहोस भएका थिए ।

अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनको अवस्था स्थिर रहेको जनाएको हो ।

मनिष मैदानमा बढेलगत्तै खेलाडीहरुमा रुवाबासी नै चलेको थियो । झन्डै सात मिनेटको प्राथमिक उपचारपछि उनलाई नजिकै रहेको ब्लु क्रस हस्पिटल लगिएको थियो । त्यसपछि खेल सुचारु भएको थियो ।

मनिष दोस्रो हाफमा मैदान छिरेका थिए । ६१ औँ मिनेटमा सुनिल बलको स्थानमा उनलाई मैदान छिराएको थियो । तालिकाको शीर्षस्थानमा रहेको मच्छिन्द्रले उक्त खेल २ ० गोलले जितेको थियो।

फुटबल खेल्नकै लागि दक्षिण कोरियाबाट फर्किएका युवा खेलाडी मनिष नेपाली फुटबलले आशा गरेका स्टाइकर हुन्। उनलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीमा डेब्यु गराएका थिए ।


प्रकाशित : २०७८ माघ २९, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •