लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

एनसेलले घटायो सबै लोकल कलको महसुल दर

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि सबै लोकल कलको महसुल दर घटाएको छ । अब एनसेलका ग्राहकले अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्नेछन् ।

एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुलदर करबाहेक १ रुपैयाँ ९९ पैसा प्रतिमिनेटबाट घटाई करबाहेक प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको हो ।

प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पेएजयुगो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ । यो परिमार्जित नयाँ महसुल दर शुक्रबारबाट लागू भएको हो ।

नयाँ महसुल दरको लाभ लिनका लागि ग्राहकहरूले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्ने सो कम्पनीले जनाएको छ । नयाँ महसुल दरले ग्राहकलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउने विश्वास लिइएको भन्दै सो कम्पनीले यो नयाँ महसुल दर आगामी २०७९ सालको २४ साउनसम्म लागू रहने जनाएको छ ।


प्रकाशित : २०७८ माघ २९, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •