काठमाडौं : फागुन २ का लागि तोकिएको संसद् बैठक फेरि स्थगित भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबार सुचना निकाली बैठक बस्ने दिन र समय परिवर्तन भएको जनाएका छन्।
अर्को बैठक फागुन ४ गते बुधबार दिउँसो १ बजे बस्ने भनिएको छ। एमसीसी संसद्मा टेबल गर्नेबारे सत्तारुढ दलहरुबीच सहमती कायम नभएपछि सभामुख अग्नि सापकोटाले संसद् बैठक स्थगित गरेका हुन्। बैठक विशेष कारणले स्थगित गरिएको सुचनामा उल्लेख छ।
प्रकाशित : २०७८ फाल्गुन १, आईतवार : प्रकाशित