लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एमसीसीको पक्ष वा विपक्षमा रहने विषयमा एमाले अलमलमा छ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता’bout के गर्ने भन्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन । एमसीसीको पक्ष वा विपक्षमा रहने विषयमा एमाले अलमलमा छ ।

एमाले केन्द्रीय सचिवालय र संसदीय दलको बैठकमा समेत एमसीसी’boutमा छलफल भए पनि कुनै निर्णय हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले उचित समयमा सही निर्णय गर्ने भन्दै प्रश्न गर्ने नेतालाई टालटुल जवाफ दिएका छन् ।

संसदीय दलको बैठकमा एमाले नेता एवं सांसद भीम रावल, घनश्याम भुसालले एमसीसी’boutमा एजेन्डा बनाएर छलफल गर्नुपर्ने माग गरेका थिए । तर, छोटो जवाफ दिँदै अध्यक्ष ओलीले उचित समयमा सही निर्णय गर्ने भन्दै पार्टीको स्पष्ट धारणा के हो भन्ने’boutमा बोलेनन् ।
बुधबार सरकारले एमसीसी सम्झौता संसद्मा टेबुल गर्ने सम्भावना छ । एमसीसी संसद्मा टेबुल गर्ने तयारीसँगै राजनीतिक दलहरू विभाजित भएका छन् । पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने पक्षमा निर्णय गरिसकेको छ । तर, प्रमुख प्रतिपक्षी एमालेले एमसीसी’boutमा कुनै निर्णय गर्न सकेको छैन ।

पाँच दलीय गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) एमसीसी’boutमा पार्टीमा आधिकारिक निर्णय नगरे पनि विपक्षमा उभिँदै आएको छ । नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमै एमसीसी पारित गर्न सकिँदैन भन्दै गत आइतबार देशैभरि विरोध प्रदर्शन गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा)भित्र एमसीसी’bout फरक मत रहेको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव समूह विपक्षमा उभिँदै आएको छ । राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा पहिलेदेखि नै आन्दोलनमा रहेको छ ।

आफ्नो नेतृत्वमा रहेको सरकारको समयमा एमाले अध्यक्ष ओलीले एमसीसी संसद्मा प्रस्ताव दर्ता गरेका थिए । एमसीसी पारित गर्न ओलीले निकै जोडबल गरे पनि त्यतिबेला पारित गराउन सकेनन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता हाल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल एमसीसी राष्ट्रको हितमा नभएको भन्दै सर्त संशोधन गरी पारित गर्नुपर्ने पक्षमा थिए । दाहाल, नेपाल, खनालसहितका नेता अहिले पनि यथास्थितिमै पारित गर्न नहुने पक्षमा उभिँदै आएका छन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराई एमसीसी’boutमा सत्तारूढ दलको स्पष्ट र साझा धारणा आएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताउँछन् । पार्टीमा यस विषयमा व्यापक छलफल भएको भन्दै उनले उचित समयमा सही निर्णय गर्ने अध्यक्ष ओलीले बताइसकेको बताए ।

एमालेका नेता एवं सांसद रावलले एमसीसी’bout एमालेले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्दै आएका छन् । राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै एमालेले धारणा सार्वजनिक गर्नुपर्ने बताउँदै उनले एमसीसी राष्ट्रको हितमा नभएकाले पारित गर्न नहुने बताउँछन् ।
नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुनविपरीत एमसीसी रहेको जिकिर गर्दै उनले यसको पक्षमा एमाले उभिन नसक्ने बताए । नेपाल सरकार र एमसीसीबीच भएको मूल सम्झौता र त्यसको आधारमा गरिएका एक दर्जन जति सम्झौता एवं कार्ययोजना कैयन प्रावधानहरू राष्ट्रहितविपरीत रहेको रावलको दाबी छ ।

एमालेभित्र एमसीसी’  फरक मत रहेको भए पनि एमालेले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न सकेको छैन । त्यही भएर नेताहरूले स्पष्ट धारणा तय गर्नुपर्ने माग गर्दै आएका छन् ।


प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप