लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

यथास्थितिमा एमसिसी टेबल भए माओवादीले सरकार छाड्ने चेतावनी, विपक्षमा उभिन चर्को दबाब

माओवादी केन्द्रले अहिलेकै स्वरुपमा एमसिसी बुधबार बस्ने संसद बैठकमा टेबल गरे गठबन्धन छाड्ने चेतावनी दिएको छ।

माओवादीको मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले गठबन्धनमा सहमति नभई एमसिसी अनुमोदनका लागि अघि बढाए सरकार छाड्नेसम्मको विकल्पमा जानुपर्ने निर्णय गरेको थियाे।

माओवादीका एक शीर्ष नेताले भने, ‘माओवादीले एमसिसी अनुमोदनका लागि पेश हुन सदनको अवरोध खुल्नुपर्ने, संशोधनसहित अनुमोदनका लागि पेश हुनुपर्ने निर्णय लिएको छ। हाम्रो महाधिवेशनले पनि एमसिसी संशोधनसहित अनुमोदन हुनुपर्ने निर्णय गरेको छ। त्यसलाई एक वा दुई नेताले उल्लंघन गर्न सक्दैनन्।’

एमसिसी सम्झौताको प्रक्रियामा सहभागी भएको र अहिले सत्तारुढ रहेकाले उसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा एमसिसी अनुमोदनका लागि सहयोग गर्नुपर्ने बाहिरी दबाब परे पनि माओवादीभित्र विपक्षमै मतदान गर्नुपर्ने आवाज सशक्त भएको छ।

पार्टीका प्रभावशाली नेताहरु नै एकजुट भएर एमसिसीको विपक्षमा उभिनुपर्ने पक्षमा देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चर्को दबाबमा परेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउँदा एमसिसी अनुमोदनका लागि अप्रत्यक्ष भूमिका खेल्ने निष्कर्षमा पुगेको माओवादीमा अहिले विपक्षमै जानुपर्ने आवाज उठेको हो।

नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, वर्षमान पुन, देव गुरुङ, लीलामणि पोखरेल यथास्थितिमा एमसिसी अनुमोदन गर्नै नहुने बताउँदै रोक्नुपर्ने पक्षमा पुगेका छन्। त्यस्तै सभामुखको भूमिकामा रहेका अग्नि सापकोटा पनि यथास्थितिमा एमसिसी अगाडि बढाउन नहुने पक्षमा छन्।

उनीहरुले अध्यक्ष दाहाललाई सदनमा एमसिसी पेश हुँदा अनुपस्थित हुने वा मतदानमा सहभागी नहुने पूर्वतयारीबाट पछि हट्न दबाब दिएका हुन्।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा पेश हुने एमसिसीबारे पार्टीको आधिकारिक धारणा तय गर्न बिहान १० बजे माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। बैठकले सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।

अमेरिकाले फागुन १६ गतेसम्म अनुमोदन गरिसक्न डेटलाइन दिएको छ। मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले बुधबार एमसिसी टेबल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी अघि बढाउन दृढ देखिएका छन्।

गठबन्धनको अर्को घटक एकीकृत समाजवादी पनि संशोधनसहित एमसिसी अनुमोदन हुनुपर्ने पक्षमा छ।


प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •