लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जोन्सन एण्ड जोन्सन खोप लगाएकाले बुस्टरको रुपमा अर्को खोप लगाउन मिल्ने

जोन्सन एण्ड जोन्सन खोप लगाएकाले पनि कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना वा फाइजर खोप लगाउन मिल्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर डोजका रुपमा जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिहरूलाई ६ महिना पछि उपलब्ध भएमा सोही खोप, तर नभएमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने जनाएको हो।

 

 

 

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले बुधबार जारी गरेको परिपत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस महाशाखाको प.सं. २०७८-७९ च.नं. ९७० मिति २०७८-१०-२७ गतेको पत्रअनुसार कोभिड-१९ विरुद्धको खोपको बुस्टर मात्राको हकमा १८ वर्ष पुरा गरेका सम्पूर्ण व्यक्तिहरूलाई पुरा मात्रा (पहिलो शृङखला) लगाएको ६ महिना पछि उपलब्धताको आधारमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने भनी परिपत्र भइसकेको अवस्थामा विभिन्न जिल्लाबाट ज्यान्सेन (जे एण्ड जे) खोप लगाएकाहरूलाई के गर्ने भनी जिज्ञासा आइरहेको सन्दर्भमा जोन्सन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरूलाई पनि ६ महिना पछि उपलब्ध भएमा सोही खोप, तर नभएमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने ब्यहोरा जानकारीको लागि अनुरोध छ।’


प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप