लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जितगढीमा ठडियो अंग्रेजलाई पराजित गर्ने १३ योद्धाको सालिक

रुपन्देही । अंग्रेजसँग लडेर विजय प्राप्त गरेको रुपन्देहीको बुटवलस्थित जितगढीमा वीर योद्धाहरूको सालिक स्थापना गरिएको छ । सन् १८१४ देखि १८१६ सम्म जितगढी किल्लामा भएको युद्धमा जित हासिल गरेर नेपालले अंग्रेजलाई धपाएको थियो ।

ऐतिहासिक महत्वको किल्लामा अतिक्रमण बढ्नुका साथै ओझेलमा परेपछि यहाँको ऐतिहासिक महत्व सुरक्षित राख्न सालिक निर्माण गरिएको जितगढी संरक्षण समितिका अध्यक्ष रविन्द्र गोपाल लाकौलले बताए । किल्ला संरक्षणमा बटौली संरक्षण समिति र नेपाली सेनाले बुटवल उपमहानगरलाई समन्वय गर्दै सघाएको उनले जानकारी दिए ।

नेपाल र इस्ट-इण्डिया कम्पनी सरकारका फौजलाई पराजित गरेको स्थलमा तत्कालीन कर्णेल उजिरसिंहका पालाका १३ सेनाका अर्धकदका सालिक निर्माण गरिएको छ । जितगढी किल्ला नेपालीको इतिहास र गौरव रहेकाले थप संरक्षण तथा प्रचारप्रसार गरिनुपर्ने वडा नम्बर २ का वडाअध्यक्ष रमेश नेपाल बताउँछन् ।

अतिक्रमणको चपेटामा परेको किल्ला क्षेत्रमा उपमहानगरले तीन बिगाह जग्गा संरक्षण गर्दै गुरुयोजना बनाएर संरक्षण, सम्वर्द्धन र विस्तारका काम सुरू गरेको छ । गुरुयोजनाअनुसार नै १३ जना सेनाको सालिक निर्माण गरिएको हो । काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ र जुठे बस्नेतको सालिक निर्माण गरिएको छ ।

सो युद्धमा जनरल सुलेमान र जनरल उडको नेतृत्वमा युद्ध लड्न आएका अंग्रेज फौजलाई कर्णेल उजिर सिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो । कम्पनी सरकारको सेनाले अवध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बतसम्मको व्यापारी नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरू गरेको थियो ।

किल्लामा आकर्षक पार्कसहित झिलिमिली लाइटिङ तथा राष्ट्र धुनसहितको पानीका फोहरा निर्माण गरेर आकर्षक बनाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।


प्रकाशित : २०७८ फाल्गुन ५, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप