लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट : नेपाल र ओमानबीचको खेल आज

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट आज (शुक्रबार)देखि सुरु हुँदै छ। समुह  ए को पहिलो खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। खेल अल अमेरात क्रिकेट मैदानमा हुनेछ।

गत हप्ता चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो। छनोटको नेपालको दोस्रो खेलमा नेपालले फेब्रुअरी १९ मा फिलिपिन्ससँग खेल्नेछ भने तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।

नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ए र आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह बी मा छन्। हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन्।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ।

नेपाल टोली
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, गुलशन झा, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र लोकेश बम।


प्रकाशित : २०७८ फाल्गुन ६, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप