नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धुरीमा गिद्ध बसेको टिप्पणी गरेका छन् ।
सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पाँच दलीय गठबन्धनलाई गिद्धको उपमा दिएका हुन् ।
उनले भने, ‘धुरीमा गिद्ध बस्यो भने अशुभ मानिन्छ । एउटा गिद्ध बस्यो भने त अशुभ मानिन्छ भने पाँच–पाँच वटा गिद्ध धुरीमा बसेपछि के होला ?’
अहिलेको सरकारले राम्रो काम गर्नै नसकेर बिगार्ने मात्रै काम गरेको उनले आरोप लगाए ।
‘आज प्रजातन्त्र दिवस हो । तर, यतिबेला अगतिलो सरकार बनेको होला तर, फेरि गतिलो सरकार बन्न सक्छ । किनभने हामीले प्रजातान्त्रिक प्रणाली ल्याएका छौं । प्रतिक्रियावादी शक्तिहरू चुप लागेर बस्दैनन् । तर, तिनीहरूले सत्ता प्राप्त गरे पनि राम्रो गर्न सक्दैनन्,’ ओलीले भने ।
पाँच जना कोठामा भेला भएर ङ्यारङ्यार ङुरङर गरिरहेको उनले बताए । ‘बैठकबाट एउटा जुरुक्क हुन्छ र बालकोट जाउँ ? भन्छ । अर्कोले जाने भयो जाउ न त भन्छ । अर्कोले च्याप्प समाउँछ र बसाल्छ,’ ओलीले भने ।
अहिलेको सरकारले राम्रो काम गर्ने प्रशासक, शिक्षक, डाक्टर, प्रहरीलाई देख्ने नसक्ने ओलीको टिप्पणी थियो