लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विश्वमै दुर्लभ रेडपान्डा सङ्कटमा पर्दै

इलामसहित    पहाडी    जिल्लामा    पाइने    विश्वकै   दुर्लभ   रेडपान्डा   अव्यवस्थित   विकास   निर्माणका   कारण   सङ्कटमा   पर्न   थालेको   छ   ।

इलाम,   पाँचथर   र   ताप्लेजुङसहितका  पहाडी  जिल्लामा  पाइने  दुर्लभ  रेडपान्डा  स्थानीय  स्तरमा  पाइन्छन्  ।

 सो  क्षेत्रमा    भएका  विकास  निर्माणका  कामले  चरिचरनलगायतको  अभावमा  सङ्कटमा पर्न थालेको हो ।

मानवीय  गतिविधिभन्दा  टाढा  रहन  रुचाउने रेडपान्डा लेकाली जङ्गल मासिने, पानीका  मुहान  सुक्ने,  चोरी  तस्करी  र  वन्यजन्तुको आक्रमणका कारण सङ्कटमा पर्न  थालेको  पाइएको  छ  ।

विश्वमा  दुर्लभ  प्राणी  रेडपान्डा  निकै  लजालु  स्वभावको  हुन्छ । रूखको  हाँगामा  सुत्ने  उक्त  जनावर  सीमसार    एकान्त    जङ्गलमा    बस्न    मनपराउँछ   ।

रेडपान्डाको   मुख्य   आहार   भालु  चिन्डे,  निगालोको  टुसा  र  कलिलो  पात हो ।

रेडपान्डालाई ठाउँ अनुसार हाब्रे, रातोपान्डा,  पुणेकुदो,  वाह,  होप,  होपरोक्पा,  होपदोगाँ,  निगाले, पोन्योआदि नामले पनि चिनिन्छ । विश्वकै  दुर्लभ  रेडपान्डा  इलामको  सन्दकपुर,   माईजोगमाई   गाउँपालिका   र   सूर्योदय   नगरपालिकाका   लेकाली   जङ्गलमा पाइने गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।


प्रकाशित : २०७८ फाल्गुन ९, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप