इलामसहित पहाडी जिल्लामा पाइने विश्वकै दुर्लभ रेडपान्डा अव्यवस्थित विकास निर्माणका कारण सङ्कटमा पर्न थालेको छ ।
इलाम, पाँचथर र ताप्लेजुङसहितका पहाडी जिल्लामा पाइने दुर्लभ रेडपान्डा स्थानीय स्तरमा पाइन्छन् ।
मानवीय गतिविधिभन्दा टाढा रहन रुचाउने रेडपान्डा लेकाली जङ्गल मासिने, पानीका मुहान सुक्ने, चोरी तस्करी र वन्यजन्तुको आक्रमणका कारण सङ्कटमा पर्न थालेको पाइएको छ ।
विश्वमा दुर्लभ प्राणी रेडपान्डा निकै लजालु स्वभावको हुन्छ । रूखको हाँगामा सुत्ने उक्त जनावर सीमसार एकान्त जङ्गलमा बस्न मनपराउँछ ।
रेडपान्डाको मुख्य आहार भालु चिन्डे, निगालोको टुसा र कलिलो पात हो ।
रेडपान्डालाई ठाउँ अनुसार हाब्रे, रातोपान्डा, पुणेकुदो, वाह, होप, होपरोक्पा, होपदोगाँ, निगाले, पोन्योआदि नामले पनि चिनिन्छ । विश्वकै दुर्लभ रेडपान्डा इलामको सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाका लेकाली जङ्गलमा पाइने गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।