लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

फलफूलको चिया : खाँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा

नेपाली समाजमा चिया केवल एक पेय मात्र नभई संस्कार नै बनेको छ । जाडो मौसममा त झन् सबैले चिया खाने गर्दछन् । अधिकांशले चियामा मिल्क टी र ब्ल्याक टी खाने गर्दछन् । फलफूलको चिया खाने कमै भेटिन्छन् ।

कतिपयलाई त फलफूलको चिया हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । खाँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा हुने फलफूलको चिया अहिले विदेश र नेपालका सीमित सहरमा पाइन थालेको छ । शारीरिक रूपमा अस्वस्थ रहेका चिया पारखीलाई फलफूलको चियाले कुनै हानी पुर्‍याउदैँन । फलफूलमा पाइने भिटामिनहरू चियामै पाइने फलफूल चियाको विशेषता हो । यसले स्वास्थ्यमा केवल लाभ पुर्‍याउँछ ।

घरमा सजिलै फलफूलको रस निकालेर बनाउन सकिने फलफूलको चिया स्वस्थ्य र केमिकलरहित हुन्छ । स्वाद अनुसारका अर्ग्यानिक फलफूलको चिया बच्चादेखि बुढाबुढी अनि बिरामी सबैले खान मिल्छ । मौसम अनुसारका जुनसुकै फलफूलको पनि चिया बन्न सक्छ ।

फलफूलको चिया बनाउन एउटा सफा भाडामा थोरै चिया पत्ती र एक कचौरा काटेको फलफूलको टुक्रा हालेर केही बेर उमाल्नुहोस् । त्यसपछि यसलाई सेलाएर वा तात्तातै पनि खान सक्नु हुन्छ ।


प्रकाशित : २०७८ फाल्गुन ९, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप