लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ओमानलाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटमा तेस्रो

ओमानमाथि ९ विकेटको सानदार जित हात पार्दै नेपाल आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा तेस्रो बनेको छ।

ओमानले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १६.२ ओभरमा १ विकेटमात्रै गुमाएर भेट्टाएको थियो। नेपालका ओपनर कुशल भुर्तेलले ५५ रनको अर्धशतकीय पारी खेले। यस्तै आरिफ सेखले १७ तथा आसिफ सेखले १३ रन जोडे।

मंगलबार भएको सेमिफाइनलमा खेलमा हार ब्यहोरेपछि दुबै टोली तेस्रो स्थानका लागि भिडेका हुन्। सेमिफाइनलमा पराजित भएपछि नेपाल र ओमान यसवर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा पुग्न असफल भएको भएका थिए।

त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो।

ओमानका कप्तान जिसन मक्सुदले २१, आयान खानले १६ र कलिमुल्लाहले १४ बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन। जिसमले २८ बलमा ३ चौका प्रहार गरे।

त्यसबाहेक ओमानका कश्यप प्रजापति ५, जतिन्दर सिंह २, सोयब खान र नास्तोर डाम्बा समान ३–३, मोहम्मद नादिम र सन्दीप गौड समान १–१ रनमा आउट भए।

नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। ४ ओभरमा उनले १३ रनमात्रै खर्चिए। यस्तै कमलसिंह ऐरी, आरिफ सेख, अविनाश बोहरा र सागर ढकालले समान १–१ विकेट लिए।

मंगलबार भएको सेमिफाइनलमा पराजित भएपछि दुबै टोली तेस्रो स्थानका लागि भिड्न पुगेका हुन्। सेमिफाइनलमा हारेसँगै दुबै टोलीले यसैवर्ष हुने विश्वकप खेल्ने मौका गुमाएका थिए।

समूह चरणमा पनि नेपालले ओमानलाई हराएको थियो। ग्लोबल छनोटअघि भएको चारदेशीय खेलमा पनि ओमानविरुद्ध नेपाल विजयी भएको थियो।


प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप