लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

नेपाली कांग्रेसले रुसलाई युक्रेनसँगको समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न

सत्तारुढ नेपाली कांग्रेसले रुसलाई युक्रेनसँगको समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेको छ।

रुसले युक्रेनमाथि आक्रमण गरिरहेको अवस्थामा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ट्विटरमार्फत रुसलाई युक्रेनसँगको समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेका हुन्।

‘हामी रूसलाई शान्तिपूर्ण र कूटनीतिक माध्यम प्रयोग गर्न आग्रह गर्दछौं,’ उनले लेखेका छन्, ‘यदि कुनै चिन्ता र चासो छ भने कूटनीतिक माध्यमबाट त्यसको समाधान गरियोस्।’

कांग्रेसले रुससँग युक्रेनबाट सेना तत्काल फिर्ता गर्न र थप रक्तपात रोक्न पनि माग गरेको छ।

‘हामी रुसलाई युक्रेनबाट आफ्ना सेना तत्काल फिर्ता गर्न माग गर्छौँ। थप रक्तपात र निर्दाेषको ज्यान लिने काम बन्द गरियोस्,’ प्रवक्ता डा. महतले भनेका छन्, ‘युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ।’

रुसले गत बिहीबारदेखि निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ।


प्रकाशित : २०७८ फाल्गुन १४, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप