नेकपा एमालेका सांसद भीम रावलले सरकारले संसद्मा पेश गरेको एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणापत्र जनतालाई भ्रमित गर्ने ठगपत्र भएको आरोप लगाएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकमा घोषणापत्र महाकाली सन्धिको संकल्प जस्तै गठ प्रस्ताव भएको आरोप लगाए ।
रावलले एमसीसीका धारा र दफा अन्तर्राष्ट्रिय कानूनविपरीत भएको आरोप लगाए ।
‘रातिको समयमा यो भ्रमपत्र र ठगपत्र देखाएर एमसीसी पास गर्न खोजिएको छ, इतिहासले धिक्कार्ने छ,’ रावलले भने । यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीबारे सरकारको तर्फबाट व्याख्यात्मक घोषणापत्र पेश गरेका थिए ।
प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार : प्रकाशित