महाशक्ति रुसका अगाडि कोही उभिन सकिरहेका छैनन् ।
अमेरिकासहित विश्व नै डराइरहेको छ । आज एक्लो परेको युक्रेनले आफ्नो अस्तित्वको लडाँई जारी राखेको छ ।
यो बीचमा स्पेस–एक्सका संस्थापक इलोन मस्क रुसका अगाडि उभिएका छन् । उनले युक्रेनलाई सहयोग गरेका छन् ।
रुसी आक्रमणले युक्रेनमा इन्टरनेट जडानमा समस्या निम्त्याएको छ। यस्तो अवस्थामा इलोन मस्कले युक्रेनमा स्टारलिङ्क स्याटेलाइट (उपग्रह) ब्रोडब्यान्ड सक्रिय गरेका हुन् ।
युक्रेनका उपप्रधानमन्त्रीले इलोन मस्कलाई ट्वीटरमा ट्याग गर्दै देशमा स्टारलिङ्क स्याटेलाइट सेवा उपलब्ध गराउन अपिल गरेका थिए ।
उनले लेखेका छन्, ‘इलोन मस्क, तपाई मंगल ग्रहमा मानिस बसाउन खोज्दै हुनुहुन्छ, रुसले युक्रेन कब्जा गर्न खोजिरहेको छ । तपाईंले सफलतापूर्वक अन्तरिक्षबाट रकेट अवतरण गर्नुभयो ।
तर यहाँ रुसी रकेटले युक्रेनका जनतामाथि आक्रमण गरेको छ । हामी तपाईंलाई युक्रेनलाई स्टारलिङ्क स्टेशन दिन अनुरोध गर्दैछौं ।’ जवाफमा, मस्कले भने, ‘स्टारलिङ्क उपग्रहहरू युक्रेनमा तैनाथ गरिएको छ ।’
‘स्टारलिङ्क’ के हो ?
‘स्टारलिङ्क’ मस्कको कम्पनी ‘स्पेस एक्स’ को भाग हो, जसले ‘लो अर्थ अर्बिट’ स्याटेलाइटमार्फत ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउँछ ।
यसको मतलब स्टारलिङ्कमार्फत कुनै पनि फाइबर अप्टिक, केबल वा टावर बिना इन्टरनेट प्रदान गर्न सकिन्छ । अहिले विश्वभर इलन मस्कको तारिफ भैरहेको छ ।