लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पुटिनको त्यो कदम, जसलाई लिएर युरोपलाई सबैभन्दा धेरै डर छ

युक्रेनमा रुसले गरेको आक्रमणपछि युरोपेली संघले रुसविरुद्ध लड्न युक्रेनलाई सैन्य सहयोग गरिरहेको छ । युरोपेली संघले रुसको विरुद्ध कैयौं कदम उठाएको छ । तर, युरोपेली संघलाई रुससँग केही कुरामा डर पनि छ । युरोपेली संघ उर्जाको हकमा धेरै हदसम्म रुसमा निर्भर छ । रुसको राजश्व पनि ग्यास बेचेर भरिन्छ । यी दुई तथ्यलाई अहिलेको संकटबाट अलग गरेर हेर्न सकिन्न ।

युक्रेनमा आक्रमणपछि युरोपियन युनियनले रुसमाथि कैयौं प्रतिबन्ध लगाएको छ । गत हप्ता इयुका नेताहरुले रुसको केन्द्रीय बैंक र रुसी विमानहरुको लागि आफ्नो हवाइ क्षेत्रमा प्रतिबन्ध लगाएका थिए । यसका अलावा इयुले युक्रेनलाई हतियार पनि पठाइरहेको छ । तर, रुसको लागि जर्मनीद्वारा ग्यास पाइपलाइन निलम्बनबाहेक इयुले रुसबाट ग्यास आयात बन्द गरेको छैन ।

युरोपमा ग्यासको मूल्य बढिसकेको छ । पुटिनलाई थाहा छ उनले ग्यासको आपूर्ति रोकिदिए भने युरोपमा मूल्यले आकाश छुनेछ । इयुलाई डर छ कि रुस ग्यासको आपूर्ति रोक्न सक्छ वा कम गर्न सक्छ । सोमबार इयुका ऊर्जा मन्त्रीहरुको ब्रसेल्समा आपतकालीन बैठक बस्दैछ । यो बैठकमा युक्रेन संकटका बीच ऊर्जा आपूर्तिको विषयमा केन्द्रित हुनेछ ।

युरोपको ऊर्जा संकट अब एक आर्थिक समस्याबाट राजनैतिक चुनौतीमा बदलिएको भन्न थालिएको छ । पहिले नै पश्चिमी देशहरु खुलेआम रुसमाथि ‘ग्यास वार’ सुरु गरेको आरोप लगाइरहेका थिए । ग्यासको मूल्य युक्रेन संकटका कारण विगत ७ वर्षयताकै सबैभन्दा बढी भएको छ । पछिल्ला वर्षमा रुस र साउदी अरेबियाबीचको साझेदारीमा पनि नाटकीय रुपमा वृद्धि भएको छ । रुस र साउदी अरब दुवै विश्वका सबैभन्दा ठूला तेल उत्पादक देश हुन् र निर्यातको फैसलामा यी दुई देशको नियन्त्रण छ ।

अमेरिका र साउदी अरेबियाको सम्बन्ध पहिलेजस्तो छैन । यसको संकेत यसै महिना पनि देखिएको थियो जब अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबसँग तेल उत्पादन बढाउन आग्रह गरेका थिए । यदि साउदी अरेबियाले तेल उत्पादन बढाएको भए महंगी मात्रै होइन ग्यासको मूल्य कम गर्न पनि सहयोग पुग्थ्यो । यसबाट रुसको फाइदालाई पनि नियन्त्रित गरिन्थ्यो । तर, साउदी अरबले तेल उत्पादन बढाउन अस्वीकार गरेको थियो ।

#War #UKRAINE


प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप