लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति

किभ। रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ। विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभनजिक क्षति पुर्‍याएकाे युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् । पाँचौ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन्।

रुसको गोलाबारीपछि एएन–२२५ मिरियामा क्षति पुगेको थियो । युक्रेनको एरोनेटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियामा विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज बताइन्छ ।रुसी सेनाको गोलाबारीपछि किभबाहिर रहेको हस्टोमेल एयरपोर्टबाहिर सो जहाज जलेको थियो।

‘विश्वकै ठूलो मिरिया ‘द ड्रिम’ लाई रुसी अतिक्रमणकारीहरुले किभ नजिकैको मैदानमा आक्रमण गरेका छन् । हामीले फेरि जहाज बनाउनेछौं । हामी बलियो, स्वतन्त्र र लोकतान्त्रिक युक्रेनको हाम्रो सपना पूरा गर्नेछौं,’ देशको एउटा आधिकारिक ट्विटर ह्यान्डलमा ट्विट गरिएको छ।

ट्विटसँगै युक्रेननको ट्विट ह्यान्डलमा एउटा तस्विर र क्याप्सन पोस्ट गरिएको छ । क्याप्सनमा लेखिएको छ, ‘उनीहरुले हाम्रो सबैभन्दा ठूलो जहाज जलाएका छन, तर हाम्रो मिरिया कहिल्यै विनाश हुनेछैन्। ’


प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप