लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

सेनाको हेलिकप्टरबाट कर्णाली करिडोर सडकका निर्माण सामग्री ढुवानी सुरु

सिमकोट – कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत दुल्लीकुनादेखि लालीबगरसम्मको सडक निर्माणका लागि नेपाली सेनाले निर्माण सामग्री ढुवानी सुरु गरेको छ।

सरकारले उक्त खण्डको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। सोहीअनुसार सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी सुरु गरेको हो।

निर्माण दलमा खटिएका सहसेनानी डिल्लीराम सापकोटाले हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी सुरु भएको जानकारी दिए। सेनाको टोली सडक निर्माण खण्डको सुनाखाडामा बसेको छ। सेनाको विकास निर्माण दलको टीम सडक निर्माणस्थलमा पुगेसँगै निर्माण सामग्रीको ढुवानी सुरु गरिएको सहसेनानी सापकोटाले बताए।

पाँच दिनदेखि सेनाको एमआई १७ हेलिकोप्टरले निर्माण सामग्री ढुवानी गरेको छ। निर्माण स्थलमा विष्फोटक पदार्थदेखि निर्माण औजार पुगेको छ। उनका अनुसार स्काभेटर भने ल्याउन बाँकी रहेको छ।

हेलिकोप्टरले हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को खच्चबाट निर्माण सामग्री ढुवानी गरेको हो। करिडोरको हुम्ला खण्डकै कवाडी सलीसल्ला क्षेत्रको ३९ किलोमिटर सडक निर्माण गर्न यसअघि नेपाली सेना सोही स्थानमा बसेको थियो।

हाल लालीबगरमा ३५ जना नेपाली सेनाको टोली रहेको छ। जसले बासस्थल निर्माण गर्नुका साथै सडक निर्माण स्थलको चट्टानी भागमा प्वाल खोप्ने कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ। सेनाले दुल्लीकुनादेखि लालीबगरसम्मको ७ किलोमिटर चट्टानी क्षेत्रको सडक निर्माण कार्य गर्नेछ।


प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप