लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणा ख्याल गरेका छौंः चीन

उत्तरी छिमेकी चीनले नेपालको संसदबाट आइतवार अमेरिकी सहायता परियोजना एमसीसी पारित भएपछि प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनबिनले नेपालको संसदबाट पारित एमसीसीसँगै व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको जनाएका छन्।

चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनोट गर्न निरन्तर समर्थन दिने बताउँदै प्रवक्ताले एमसीसी भन्दा नेपालकै संविधान माथि हुने पनि विश्वास लिएको छ।

चीनले नेपालको संसदबाट एमसीसीसँगै पारित गरेको व्याख्यात्मक घोषणा पत्र देखेको छ। अन्तर्राष्ट्रिय विकास र सहकार्यले पारस्परिक समानता र समानताको सिद्धान्तको पालना गर्नुपर्ने, सम्बन्धित मुलुकको सर्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरु मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने, कुनै पनि राजनीतिक पूर्वशर्त नथप्ने, आफ्नो हितका लागि अरु मुलुकको सर्वभौमिकता र हितलाई हानी नपुर्‍याउनुपर्ने कुरामा चीनले धेरै पटकमा जोड दिँदै आएको छ,उनले पत्रकार सम्मेलनमा भने।

चीनले नेपाली संसदले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौता अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा पत्र सार्वजनिक गरेको पनि जानकारीमा आएको जनाएको छ।

नेपाली संसदको व्याख्यात्मक घोषणा अनुसार नेपालको संविधानको प्रभाव एमसीसीभन्दा उच्च हुन्छ। एमसीसीका कारण अमेरिकाको हिन्द प्रशान्त रणनीतिको सैन्य र सुरक्षा गठबन्धन नेपाल बन्ने छैन। नेपालले एमसीसी समस्यामा मात्रै अमेरिकाको नीति र कानूनलाई सम्मान गर्ने छ। नेपालमा अमेरिकाको कारवाही नेपालको कानुनद्वारा नियन्त्रण र अनुगमन गरिने छ, भन्ने जानकारी हामीले पाएका छौँ।

अन्तर्राष्ट्रिय विकास र सहकार्यले पारस्परिक समानता र समानताको सिद्धान्तको पालना गर्नुपर्ने, सम्बन्धित मुलुकको सर्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरु मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने, कुनै पनि राजनीतिक पूर्वशर्त नथप्ने, आफ्नो हितका लागि अरु मुलुकको सर्वभौमिकता र हितलाई हानी नपुर्‍याउनुपर्ने कुरामा चीनले धेरै पटकमा जोड दिएको उनले बताएका छन्।

वाङले नेपालको मैत्रीपूर्ण छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनौट गर्न निरन्तर समर्थन दिने पनि बताएका छन्।


प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप