एमसीसी विरूद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूले सुर्खेतस्थित नेकपा एमाले र काँग्रेसको पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बन्दकर्ताले नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालयमा पुगेर ढुंगामुढा गरेका हुन् । उक्त ढुंगामुढाबाट कार्यालयको भौतिक सामानमा क्षति समेत पुगेको छ ।
यस्तै,बन्दकर्ताले कार्यालयमा आगो लगाउने प्रयास समेत गरेका छन् । साथै उनीहरूले यस अघि वीरेन्द्रनगरका मुख्य चोक मंगलगढी र यरीचोकमा आन्दोलन गर्दै सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरेका थिए । प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेम हानेको थियो भने केही बन्दकर्तालाई नियन्त्रणमा समेत लिएको छ ।
विप्लवसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण सुर्खेत केही समय तनावग्रस्त बनेको छ भने आन्दोलन नियन्त्रण बाहिर गएको छ ।
- दिगो शान्ति समर्थनको लागि राष्ट्रिय शान्ति सम्मेलन र शान्ति स्मारक स्थापना
- रविले आजै फेरि मन्त्रीको शपथ खाने चर्चा, राजनीतिक चक्रब्युहमा फस्दैछ रास्वपा
- कांग्रेसलाई सरकारमा आउन रोक्न एमालेले सभामुखसँग मिलेर प्रतिपक्षीको दर्जा दियो’
- माग सम्बोधन नभएसम्म सरकारमा नजाने अध्यक्ष रञ्जिता श्रेष्ठ
- कर्णालीका सभामुखले गरे पार्टी सदस्यता परित्याग