लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

युक्रेनको सडकमा ६४ किलोमिटरसम्म रुसी सेनाकाे गाडीका ताँती

एजेन्सी ।

सोमबार खिचिएका स्याटेलाइट तस्बिरहरूले युक्रेनको राजधानी किभको उत्तरमा ६४ किलोमिटरसम्म रुसी सेनाका कन्भोय सेनाका गाडीका ताँती फैलिएको देखाएको छ । यसअघि सो क्षेत्रमा २७ किलोमिटरसम्म कन्भोय फैलिएको बताइएको थियो ।

अमेरिकी कम्पनी म्याक्सरले संग्रह गरेको ती तस्बीरहरुमा रुसी कन्भोयले एन्टोनोभ विमानस्थलनजिकको सडकदेखि प्राइबिस्र्क सहरसम्मको क्षेत्रलाई ढाकेको देखिन्छ । ‘कन्भोय गुडिरहेको सडकनजिक इभान्किभको उत्तर र उत्तरपश्चिममा धेरै घर र भवनहरू जलिरहेको देखिन्छ,’ म्याक्सरले भनेको छ ।

युक्रेनको सीमाबाट मुस्किलले ३२ किलोमिटर टाढा रहेको दक्षिणी बेलारुसमा रुसले ग्राउन्ड अट्याक हेलिकोप्टर युनिट र थप स्थल सेना परिचालन गरेको पनि म्याक्सर टेक्नोलोजिले जनाएको छ ।

बिहीबार रुसी आक्रमण सुरु भएदेखि नै युक्रेनी फौजले मध्यकिभ जाने बाटोमा रुसी फौजले गरेको हमलालाई प्रतिकार गरेको छ । रुसी सेनाले सोमबार राजधानी कब्जा गर्नको लागि आक्रमणको पूर्वसन्ध्यामा एउटा राजमार्गमा युक्रेनीहरूलाइ ‘स्वतन्त्र रूपमा’ किभ छोड्न आग्रह गरेको थियो ।


प्रकाशित : २०७८ फाल्गुन १७, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप