लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विश्वमै पहिलोपटक मर्दै गरेको मानिसको दिमागको क्रियाकलाप रेकर्डिङ

लुइजभिल्ले । एकजना बिरामीको अचानक मृत्यु हुने क्रममा विश्वमै पहिलोपटक मर्दै गरेको मानव मस्तिष्कको रेकर्डिङ भएको छ । वैज्ञानिकहरूले ८७ वर्षीय छारे रोगका बिरामीको मस्तिष्कका तरङ्गहरू अवलोकन गरिरहेका बेला यस्तो अनौठो घटना रेकर्डिङ गर्न सफल भएका हुन् ।

यस सम्बन्धी अध्ययनको दौरान वैज्ञानिकहरूले उनको मस्तिष्कको अवलोकन गरिरहेकै अवस्थामा ती वृद्धको अचानक ह्रदयाघातबाट मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरूले त्यस्तो अपूर्व संयोगका कारण मृत्युको बेला मस्तिष्कले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने नयाँ तथ्य पत्ता लगाउन सकेको बताएका छन् ।

उनीहरूले बिरामीको मुटुका स्पन्दन बन्द नहुन्जेल पन्ध्र मिनेटसम्म मस्तिष्कको क्रियाकलाप रिकर्ड गरेका थिए । मृत्युको बेला मस्तिष्कले कसरी प्रतिक्रिया जनाउँछ भन्ने हेर्न उनीहरूले मुटुको धड्कन ठ्याक्कै रोकिएको वरिपरकै समयको ३० सेकेन्डको दुईवटा अन्तराललाई विशेष ध्यान दिएका थिए । निरीक्षणको क्रममा उनीहरूले गामा चाल रेकर्डिङ गरे । यस्तो गामा चाल अर्थात मस्तिष्क तरङ हामीले सपना देख्दै गर्दा, केही चिज सम्झने कोसिस र ध्यान गर्दा उत्पन्न हुने गर्छ ।

हामीले सुन्ने गरेको ‘जीवनको सारा वृत्तान्त मेरा आँखासामु नाचे’ भन्ने कहावत यस अध्ययनले अलि टाढैको कुरा हुन सक्ने जनाएको छ । तर वास्तवमा मर्नेबेलामा मस्तिष्कले मानिसको आफ्नो जीवनका महत्वपूर्ण घटनाहरू सम्झाइदिने भनाइ भने सत्य भएको अनुसन्धानकर्ताहरू बताउँछन् । यो चाखलाग्दो भनाइलाई हामीहरूले वर्षौंदेखि विश्वास पनि गर्दै आइरहेका छौँ । अनुसन्धानले यस्तो रमाइलो पक्षलाई पनि उजागर गर्नुका साथै केही थप प्रश्न पनि सिर्जना गरिदिएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ लुइजभिल्लेका न्युरोसर्जन तथा यस अध्ययनका लेखक डा. अजमल जेम्मारले यस अध्ययनले जीवन कहिले टुँगिन्छ भन्ने बुझाइलाई चुनौती दिएको बताएका छन् । अनुसन्धानले मर्दै गरेको मानिसको मस्तिष्कमा रक्तसंचार बन्द हुँदासम्म पनि दिमागले निरन्तर काम गरिरहने पत्ता लगाएको छ ।

तर उनीहरूले यो तथ्य पहिले मुसामाथि गरिएको अध्ययनमा पनि देखिसकेका छन् । यद्यपि यो एकल अध्ययन भएको र कुनै पनि निश्चित परिणाममा पुग्न अझै धेरै अध्ययनको आवश्यकता रहेको बताइएको छ । अनुसन्धानकर्ताहरूले अध्ययन प्रक्रियालाई जारी राखिने जनाएका छन् । यस अध्ययनको प्रतिवेदन जर्नल फ्रन्टियर्स इन एजिङ न्युरोसाइन्समा प्रकाशित गरिएको छ ।


प्रकाशित : २०७८ फाल्गुन १८, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप