लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

छोरा जन्मिँदा बाजागाजा, छोरी जन्मिँदा सुनसान

दैलेख । छोरा हुन वा छोरी दुवै बराबरी भन्ने सरकारी नारा छ । तर, दैलेखको पश्चिमका पालिकाले यो नारालाई कार्यान्वयन गरेको छैन । सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकार मौन छ । गाउँका नवजात शिशु जन्मिँदै विभेदका सिकार बनेका छन् ।

विभेदकारी संस्कार पुरुषलाई हौसला दिए पनि महिलामा भने निराशा छाउने गरेको छ । यो संस्कारले महिला केही होइन, पुरुष मात्र मान्छे हुन भन्ने नराम्रो छापले महिलालाई मानसिक यातना दिएको छ । छोरासरह छोरीले अंश पाउने कानुनमा उल्लेख भए पनि गाउँघरमा मान्यता पाएको छैन । काजकिरिया गर्न, अंश खान छोरा नै जन्माउने संस्कारले अधिकांश महिलाको ज्यान जोखिममा परेको छ । कतिपय महिला छोरा नजन्माएकै कारण घरेलुहिंसाका सिकार बनेका छन् ।

त्यसैकी एक प्रतिनिधि पात्र ठाटीकाँध गाउँपालिका–२ टम्टालाकी ५८ वर्षीया दुधा नेपाली हुन् । छोरा पाउने आशले १२ वटी छोरी जन्माइन् । १२ वटी छोरी जन्माए पनि घरमा भोज भतेर न्वारान, छैठी केही पनि भएन । १८ महिनाअघि १३औं सन्तानमा छोरा जमाउँदा भने भोज भतेर गरियो । कोभिड–१९ महामारीमा पनि ठाटीकाँध बजारदेखि बाजागाजा बजाएर घर भिœयाए । दाजुभाइ दिदीबहिनी छरछिमेकीले भोजभतेर पनि खाए, दुधाका श्रीमान आइते नेपालीले बताए ।

अंश खाने काजकिरिया गर्ने, छोरा नै हुनुपर्छ भन्ने गलत मान्यताले गर्दा दुधा नेपालीले एक दर्जन छोरी जन्माउनु प¥यो । आर्थिक अवस्था कमजोर भएकी दुधा धेरै बच्चा जन्माएका कारण बिरामी छन् । अनुहार चाउरिएको छ, चम्किलो छैन । खानाको अभाव उस्तै छ । तर, पनि दुधाले जहान परिवारलाई पाल्न साहु महाजनको काम गर्नुपर्ने बाध्यता छ । सिलाई कटाईबाट १५ परिवार पाल्दै आएका छन् नेपाली परिवारले ।

उनी मात्र होइनन् । ठाटीकाँध गाउँपालिका–१ की लक्ष्मी कुमारी बुढा रावतले पनि दुई वर्षअघि छोरा प्राथमिक स्वास्थ्य केन्द्रमा छोरा जन्माइन् । छोरा जन्माएको खबर गाउँभरि फैलियो । जब छोरा जन्मिएको खबर गाउँमा पुग्यो तब उनका छिमेकी र आफन्त बाजागाजासहित स्वास्थ्य केन्द्रमै पुगे । छोरा जन्मिएको खुसीयालीमा लक्ष्मीका श्रीमान, सासू ससुरा र गाउँलेले लक्ष्मी र नवजात शिशुलाई बाजागाजासहित गाउँ घुमाए । लक्ष्मीको घरमा गाउँलेको भीडभाड सुरु भयो । घरमा ठुलै भोज भतेर र रमाइलो चल्यो । गाउँमा छोरा जन्मिए सबैले यसरी नै बाजागाजासहित गाउँ डुलाउँछन्, भोज भतेर गर्छन् । तर, छोरी जन्मिँदा यस्ता कुनै पनि संस्कार गरिँदैन । छोरी जन्मिए स्वास्थ्य चौकी होस् या घर, सुनसान हुन्छ ।

स्वास्थ्य केन्द्रमा सातामा कम्तीमा एक शिशुको जन्म हुन्छ । कुनै दिन शिशु जन्मेको सबै गाउँलेलाई थाहा हुन्छ, भने कुनै दिन थाहा नै हुँदैन । कारण, छोरा जन्मिए बाजागाजासहित गाउँ डुलाइन्छ । तर, छोरी जन्मिए गाउँ नै सुनसान । ठाटीकाँध मात्र होइन जिल्लाको अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छोरी भएकै कारण विभेद गर्ने कानुनविपरित विभेदकारी प्रथा कायमै छ ।

गाउँमा अझै पनि छोरीमाथि गरिने विभेद र हिंसा न्यूनीकरण हुन सकेको छैन । विभेदकै कारण यहाँका छोरीले सुविधा, अवसर, सहभागिता र पोषणबाट वञ्चित हुनुपरेको छ । छोरी जन्माएकै कारण हिंसा भोग्ने महिलाको संख्या अत्याधिक छ । ‘छोरा नभए मर्ने बेला कसले पाल्छ ? भन्ने सोचाइ ग्रामीण क्षेत्रमा छ । सोचाइले महिला बच्चा जन्माउने मेसिन जस्तै बनेका छन् ।’ यस्ता कुरीति हटाउन स्थानीय सरकार जनचेतनामूलक अभियान छोरीलाई प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने स्थानीयवासी नर्तमबहादुर बोगटीले बताए ।

जिल्लामा ९६ प्रतिशत साक्षरता रहेको दैलेखमा प्रजनन दर ३ प्रतिशत छ । विभेद न्यूनीकरणका लागि सरकारी र गैरसरकारी निकायबाट थुप्रै अभियान सञ्चालन भए पनि परम्परागत कुप्रथा उस्तै छ । जन्मदै विभेद सुरु हुने छोरीको मानव अधिकारको प्रत्याभूति भएको छैन । विभेदविरुद्ध कानुनी व्यवस्था कार्यान्वयनमा तीनै तहका सरकार गम्भीर बन्नुपर्छ ।


प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •